अख्तियारका पूर्व आयुक्त पाठक अदालतमा उपस्थित


१ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक अदालतमा उपस्थित भएका छन् ।

भ्रष्टाचारको मुद्दा खेपिरहेका पाठक बुधबार विशेष अदालतमा हाजिर भएका हुन्। अहिले अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्धारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासमा बयान भइरहेको छ ।

पाठकविरुद्ध १२ चैतमा भ्रष्टाचारको मुद्दा दायर भएको थियो ।भक्तपुरको इन्जिनियरिङ कलेजको छानबिन रोक्न ७८ लाख घुस लिएका आराेप छ ।

बुध, जेष्ठ १, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया