सल्यानमा आगलागीमा परी तीन जनाको ज्यान गयो


३१ वैशाख, सल्यान । सल्यानमा आगलागीमा परेर तीन जनाको मृत्यु भएको छ । सामुदायिक वनमा लागेको आगो गाउँमा पसेपछि आगो निभाउने क्रममा उनीहरुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका(६ सिमपानीका ५५ वर्षीया पुन्टी बोहरा र शारदा नगरपालिका -९ दुवेरीका ६० वर्षीय गोवर्धन पुन रछत्रेश्वरी -६ सिमपानीका ४० वर्षीय खगेन्द्र बोहरा रहेका छन् ।
पुन्टी र पुनको यही वैशाख २८ गते घटनास्थलमै मृत्यु भएको हो भने आगलागीमा गम्भीर घाइते भएका बोहराको उपचारका क्रममा मंगलबार काठमाडौँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अहिलेसम्म आगलागीमा परेर छत्रेश्वरी(७ मा अन्नपात लत्ता कपडासहित आठ घर, कालीमाटी गाउँपालिका -१ मा चार घर जलेर नष्ट भएका छन् ।
गर्मियाम सुरु भएसँगै जिल्लाका बिभिन्न स्थानमा लगेको आगो अझै नियन्त्रणमा आएको छैन । जिल्लाका सुरक्षा निकाय तथा स्थानीयले आगो निभाउने प्रयास गरे पनि नियन्त्रणमा आउन नसकेको हो ।

मङ्ल, बैशाख ३१, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter