कार्यकर्तालाई संयमित रहन समाजवादी पार्टीको निर्देशन, अन्तर्वार्ताका क्रममा भएको घटनाप्रति ध्यानाकर्षण


काठमाडौं, ३० वैशाख ।
समाजवादी पार्टी नेपालले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको टेलिभिजनमा लाइभ अन्तर्वार्ताको क्रममा भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै कार्यकर्तालाई संयमित हुन निर्देशन दिएको छ ।
पार्टीका अध्यक्ष समेत रहेका यादवमाथि आइतबार राती लाइभ अन्तर्वार्ताको भएको व्यवहारको विषयलाई लिएर एभिन्युज टेलिभिजनको कार्यलयमा तोडफोड भएपछि केन्द्रीय कार्यलयको तर्फबाट उपमहासचिव प्रकाश अधिकारीले विज्ञप्ति जारी गरी उक्त घटनालाई लिएर उत्तैजित नहुन निर्देशन गरिएको दिएका छन् ।
टेलिभिजनको विरगन्जस्थित कार्यालयमा सोमबार तोडफोड भएको छ । अधिकारीद्धारा जारी विज्ञप्तिमा उत्तेजित नहुन र अवाञ्छित गतिविधि नगरी संयमित रहन पार्टी एवं आमकार्यकर्तालाई निर्देश गरेका छन्।
अन्तर्वार्ताका क्रममा सञ्चारकर्मीको अभद्र र पूर्वाग्रही प्रस्तुतिप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ। पत्रकारिता जगतलाई सम्मानित र मर्या्दित बनाउन सञ्चारगृह, सञ्चारकर्मी र प्रेस काउन्सिल सहित नियमन गर्ने सम्पूर्ण निकायलाई अपिल समेत विज्ञप्तीमा गरिएको छ ।

यसअघि, समाजवादी पार्टीका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले संचारकर्मीको व्यवहारका कारण सरकारले ल्याएको मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोध गर्नेहरु अप्ठेरोमा परेको बताएका थिए ।
एभिन्यूज खबरमा आइतबार राती प्रसारित समाजवादी पार्टीका अध्यक्ष एंव उपप्रधानमन्त्री उपेन्द्र यादवको अन्तरवार्ताका विषयलाई लिएर डा भट्टराई यस्तो बताएका हुन् ।
भट्टराईले ट्वीटरमा ‘केही मिडियाकर्मीको यस्तो अहंकारी, उदण्ड, अशिष्ट र असनको साँढे जस्तो व्यवहारले सरकारले अहिले ल्याएको मिडियाको टाउकोमा जाँतो झुण्ड्याउने विधेयकको विरोध गर्नेहरू सबैलाई अप्ठेरोमा पार्छ है ! यो अति निन्दनीय र गम्भीर छ!एक विराउने शाखा पिराउने भन्ने लोकोक्ति छ ! मिडियानेतृत्वको ध्यान पुगोस् ! भनेर लेखेका छन् ।

सोम, बैशाख ३०, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter