गाउँपालिकालाई १५ र नगरपालिकालाई २० करोड अनुदान अनुदान दिन भट्टराईकाे सुझाव


३० वैशाख, काठमाडौं । नेकपा सांसद योगेश भट्टराईले आगामी बजेटमा संघीय सरकारले पूँजीगत खर्च ९० प्रतिशत कार्यान्वयन गर्ने गाउँपालिकालाई १५ र नगरपालिकालाई २० करोड अनुदान अनुदान दिनुपर्ने बताएका छन् ।

संसदमा भएको प्रि-बजेट छलफलमा भाग लिँदै भट्टराईले त्यसरी वजेट दिदाँ गाउँपालिका र नगरपालिकामा प्रतिस्पर्धा हुनेर विकास बजेट खर्च हुने बताए । विकास बजेट खर्च गर्ने स्थानीय तहलाई पुरस्कारको व्यवस्था गर्दा खर्चमा प्रभावकारीता देखिने उनले जनाए ।

भट्टराईले स्थानीय तहलाई दिइने अनुदान दोब्बर गर्न सुझाव दिएका छन् ।यस्तै एसईई परीक्षामा ‘ए’ प्लस ल्याउने सरकारी विद्यालयलाई संघीय सरकारले ५ करोडसम्म अनुदान दिए शिक्षा क्षेत्रमा आमुल परिर्वतन हुनसक्ने दाबी गरे ।

सोम, बैशाख ३०, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया