अन्तर्राष्ट्रिय नर्सिङ दिवस आज, नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइँदै


काठमाडौं, बैशाख २९ ।

अन्तर्राष्ट्रिय नर्सिङ दिवस आइतबार मनाइँदैछ । आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गलको जन्मदिनको अवसर पारेर अन्तर्रा्ष्ट्रिय नर्सिङ काउन्सिल आइसिएनको आह्वानमा हरेक वर्ष मे १२ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

नेपालमा नर्सिङ कलेज तथा सम्बन्धित संघसंस्थाहरुले दिवसका अवसरमा आइतबार विभिन्न कार्यक्रम गर्दैछन् । नेपालमा नर्स, अनमी र विदेशबाट नेपालमा काम गर्न आएका नर्स गरी झण्डै ४८ हजार ९ सय भन्दा धेरै रहेका नेपाल नर्सिङ परिषदको तथ्याङकमा उल्लेख छ ।

नेपालमा सरकारी तथा निजी स्तरमा गरी झण्डै साढे २ सय शिक्षण संस्थाबाट वार्षिक रुपमा ८ हजार भन्दा धेरै जनशक्ति उत्पादन हुने गरेका छन् । योग्यता अनुसार रोजगारी नपाउनु, विशेषज्ञता अनुसार पदपूर्ति हुन नसक्नु, काममा पनि विभेद हुनु जस्ता कठिनाइ अहिले भोगिरहेका मुख्य समस्या भएको नर्सहरुको गुनासो छ ।

विकसित देशमा सामान्यतया तीनजना बिरामीका लागि १ जना नर्स हुनुपर्ने प्रावधान छ । तर नेपालमा एकजना नर्सले २० देखि ३० जना भन्दा धेरै बिरामी हेर्नुपरेको तथ्यांक छ ।

यसैबीच, भक्तपुरको राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रका दुईजना नर्सले शनिबारदेखि आमरण अनसन सुरु गरेका छन् ।

केन्द्र संचालन भएदेखि कार्यरत नर्सलाई प्राथमिकतामा राखेर स्थायी गरिनुपर्ने, अनुभव हेरेर बढुवा गर्नुपर्ने, जोखिम भत्ताको व्यवस्था गर्नुपर्नेलगायतका माग पूरा नगरेको भन्दै नर्स डिकी शेर्पा र जिता बरालले आमरण अनशन सुरु गर्नुभएको हो ।

आइत, बैशाख २९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य स्वास्थ्य समाचार

Like us On Facebook

Follow Us On Twitter