भीमनारायण अन्तर्राष्ट्रिय गोल्डकपः उद्घाटन खेलमा मोरङको विन्ध्यबासिनी विजयी


धनकुटा, वैशाख २८ । धनकुटामा शनिबारदेखि सहिद भीमनारायण अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मोरङको विन्ध्यबासिनी क्लब विजयी भएकाे छ ।

भारतको रोयल फुटबल क्लबलाई ‘सडेनडथ’मा पराजित गर्दै विन्ध्यबासिनीले १४औं संस्करणकाे खेलमा विजयी सुरुआत गरेको हो ।

खेल तल्लो टुँडिखेलमा भएको थियाे । प्रतियोगितामा नेपालका ‘ए’ डिभिजन क्लबसहित ८ टिमको सहभागिता रहेको छ ।

विजेताले नगद ४ लाख र उपविजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

शनि, बैशाख २८, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया