नीजि विद्यालयले बढाएको मनपरी शुल्क खारेज गरः एघार विद्यार्थी संगठन

स्वास्थ्य र शिक्षा निशुल्क गर्न र शिक्षा मन्त्रालयसँग भएका सहमति कार्यान्वयन गर्न सरकारसँग माग


काठमाडौं, २७ बैशाख ।

अखिल (क्रान्तिकारी)सहित एघार विद्यार्थी संगठनहरुले निजी विद्यालयले मनपरी ढंगले वृद्धि गरेको शुल्क तत्काल खारेज गर्न माग गरेको छ ।

आज बिहान अनामनगरस्थित युनियन हाउसमा विभिन्न राजनीतिक दलनिकट एघार विद्यार्थी संगठनहरुको नेतृत्व उपस्थितिमा सम्पन्न पत्रकार सम्मेलनमा वक्ताहरुले नीजि क्षेत्रका विद्यालयहरुले बिनाकारण र आधार चर्को वृद्धि तुरुन्त खारेज गर्न र विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिई देशभित्र मनपरी रुपमा चलाइरहेका कलेजहरुमाथि संगठनहरुको सहभागितामा छानबिन गर्न माग पत्रकार सम्मेलनमा वितरित १४ बुँदे मागपत्रमा उल्लेख छन् ।
प्रत्येक स्थानीय तहमा एकएक वटा व्यावसायिक र प्राविधिक शिक्षालय खोल्न र सीटीभीटीईबाट संचालित डिप्लोमा तहका कोर्ष निशुल्क गर्न माग गरिएको छ ।

साथै पर्यटन विश्वविद्यालयको स्थापना गर्न र विश्विद्यालयहरुमा दलीय भागबण्डामा हुने प्राध्यापकहरुको नियुक्ति अन्त्य गरी स्वस्थ प्रतिस्पर्धाबाट नियुक्ति गर्नसमेत एघार विद्यार्थी संगठनले माग गरेका छन् ।
पत्रकार सम्मेलनमा नेपाल विद्यार्थी संघका ऋषिकेशजंग शाह, नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष आलोक रायमाझी, अनेरास्ववियू (पाँचौं)का अध्यक्ष घनश्याम मिश्र, नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौतम, अखिल नेपाल विद्यार्थी युनियनका प्रमुख प्रविण मिश्र, राष्टिय विद्यार्थी संघका महासचिव रन्जित निष्पक्ष, समाजवादी विद्यार्थी फोरम नेपालका अध्यक्ष विवेक राई, राष्टवादी विद्यार्थी संघका अनुप लामिछाने, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष दुजाङ शेर्पाले हस्ताक्षर गरेका मागपत्र वितरण गरिएको थियो ।

पत्रकार सम्मेलनमा संगठनका नेतृत्वहरुले सरकारको शैक्षिक माफिया पोस्ने नीति आएको भन्दै कडा आलोचना गरेका थिए । कार्यक्रम चलिरहेको बेला सिंहदरबारबाट आएको प्रहरी टोलीले अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवि ढकाललाई गिरफ्तार गरी बा २ झ १२८ नम्बरको निलो रंगको पिकअप भ्यानमा राखी लगेका छन् । विद्यार्थी नेता ढकालको गिरफ्तार फासीवादी भएको भन्दै कार्यक्रमस्थलबाटै प्रतिकार गरेका थिए ।
त्यस्तै हिजो मात्र राजधानीमा बसेको एघार विद्यार्थी संगठनको संयुक्त बैठकले शिक्षा मन्त्रालयसँग भएको सहमति पालना गराउन केन्द्र सरकारदेखि स्थानीय तहलाई अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउने, राष्ट्रिय आविष्कार केन्द्र खोल्न दबाब दिने, एनसेल, वाइडबडी, सुनकाण्ड, बालुवाटार जग्गा किर्ते, फोरज काण्डलगायत विषयमा संलग्नहरुमाथि कारवाही गर्न सरकारसँग माग गर्ने निर्णय गरिएको छ ।

साथै पत्रकार सम्मेलनमाथिको प्रहरी हस्तक्षेप र गिरफ्तार अखिल (क्रान्तिकारी)का अध्यक्ष ढकालको रिहाईको लागि कडा आन्दोलन घोषणा गर्ने तयारी भइरहेको जनाइएको छ ।

शुक्र, बैशाख २७, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter