बाजुरामा भाइरल ज्वरोका कारण एक जनाको मृत्यु, दुइ वटा गाउँ नै प्रभावित


बाजुरा, २२ वैशाख । बाजुरामा भाइरल ज्वरोका कारण एक जनाको मृत्यु भएकाे छ । को हिमाली गाउँपालिका–५ क्युडी र ६ नम्बरको पाडीमा एक सातायतादेखि फैलिएको भाइरल ज्वरोले क्युडी गाउँकी ५५ वर्षीया छञ्चकला बुढाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय बाजुराका प्रमुख अशोक सिंहले जानकारी दिए।

छञ्चकलाको गत बुधबार मृत्यु भएको हो। क्युडी र पाडी गाउँका सबै परिवारमा भाइरल ज्वरोबाट पीडित रहेको स्वास्थ्यकर्मीले बताएका छन्। मौसम परिवर्तनका कारण रुघाखोकी लाग्ने, टाउको दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखा परेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख सिंहले बताए।

आइत, बैशाख २२, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया