वडाध्यक्ष मण्डलकाे घरमा प्रहरीद्वारा खानतलासी, दुई जना पक्राउ


जनकपुर, ९ चैत । जनकपुरधाम उपमहानगरपालिका–१३ का वडाअध्यक्ष शुभनारायण मण्डलले प्रहरीले बिना कारण आफ्नो घरमा खानतलासी गरि छोराहरुलाई समातेर लगेको भन्दै आपत्ति जनाएका छन् । शनिबार मण्डलको घरमा प्रहरीले अचानक घेरा हालेर जबरजस्ती खानतलासी गरि दुई छोरालाई समातेर लगेको भन्दै वडाध्यक्ष मण्डलले आपत्ति जनाएका हुन् ।

प्रहरीले बिना पुर्जी घरमा प्रवेश गरी बिना कुनै सूचना गैरकानुनी तरिकाले घर खानतलासी गरेको वडाअध्यक्ष मण्डलले बताए । आफ्नो घरमा पसेर परिवारलाई अनावश्यक दबाब दिई छोरालाई समातेर लगेको आरोप लगाउँदै उनले प्रहरीको रबैयाकाे घोर भत्सर्ना समेत गरे । उनले संकटकालकाे झल्काे दिएकाे बताए । वडाअध्यक्ष मण्डलले संकटकाल लगाइए जस्तै प्रहरी प्रशासन आफ्नो घरमा आएर ताण्डव नृत्य प्रदर्शन गरेको बताए ।

यता  प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महत्तोले ३ दिनपूर्व स्थानीय जितु कापडलाई कुटेको घटनामा उजुरी परेकोले  वडाध्यक्ष मण्डलका जेठो छोरा ३० वर्षका रोशन मण्डल र सानो छोरा २५ वर्षका बिक्की मण्डललाई  पक्राउ गरेको बताए ।

शनि, चैत्र ९, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter