केमिकल प्लान्टमा विस्फोट, ४४ जनाको मृत्यु


बेइजिङ, चैत ८ । चीनको एउटा केमिकल प्लान्टमा विस्फोट हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको छ ।

पूर्वी चीनको येनचंग शहरमा रहेको तियानजियाई केमिकल प्लान्टमा विस्फोट भएको हो । विस्फोटमा परेर ९० जना घाइते भएका छन् । घाइतेमध्ये ३२ जनाको अवस्था गम्भीर छ ।

विस्फोटलगत्तै कारखानामा रहेको ६४० जनालाई अस्पताल पुर्‍याइएको थियो । विस्फोटपछि कारखानामा आगो लागेको थियो ।

यो कारखानामा उर्जा उत्पादनको काम हुँदै आएको थियो । चिनियाँ भूकम्प मापन केन्द्रले विस्फोटको समयमा २.२ म्याग्नेच्युटको धक्का महसुस भएको जनाएको छ ।

 

शुक्र, चैत्र ८, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विदेश समाचार

Like us On Facebook

Follow Us On Twitter