आधिकारिक स्रोतभन्दा बाहिरबाट लिएका खबर र सूचना भ्रामक र कपोलकल्पितः नेपाली सेना


काठमाडौं । नेपाली सेनाले आफ्नो आधिकारिक स्रोतभन्दा बाहिरबाट लिएका सूचनालाई आधार मान्दै पछिल्ला दिनहरुमा आइरहेका खबरप्रति आपत्ति जनाएको छ ।बिहीबार नेपाली सेनाले विज्ञप्ति निकालेर त्यसरी आएका खबर र सूचनालाई भ्रामक र कपोलकल्पितको संज्ञा दिएको छ ।

‘विगत केही दिनदेखि आधिकारिक स्रोतले दिएको औपचारिक सूचनाबाहेक पनि विभिन्न सैनिक स्रोतको हवला दिँदै केही सन्चारमाध्यमहरुले नेपाली सेनासम्बन्धी गरेका विभिन्न भ्रामक र कपोलकल्पित टीका–टिप्पणीहरुप्रति नेपाली सेनाको ध्यानाकर्षण भएको’ विज्ञप्तिमा जनाइएको छ ।

‘नेपाली सेना नेपालको संविधान, सैनिक ऐन र नेपाल सरकारको नीति तथा निर्देशनअनुसार सन्चालन हुने संस्था भएकोले नेपाली सेना आफ्नो जिम्मेवारीप्रति सजग छ । सोही आधारभूत मान्यतामा नेपाली सेना सदैव अडिग रहेकोसमेत स्मरण गराउँदछौं’–विज्ञप्तिमा भनिएको छ ।

वर्तमान अवस्थामा नेपाली सेना आफ्नो पूर्वनिर्धारित् तालिम, सैनिक अभ्यास तथा स्वास्थ्य शिविरलगायतका नियमित कार्यहरुमा केन्द्रित भएको हुँदा त्यस्ता समाचारहरुबाट भ्रममा नपर्न नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आग्रह गरेको हो ।

शुक्र, चैत्र ८, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार