पत्रकार विकलाई अविलम्व रिहा गर्न जनपत्रकार संगठनको माग


चैत्र ७ काठमाण्डौं । जनपत्रकार संगठनका कालिकोट जिल्ला सयोजक कर्ण बहाहदुर विकलाई नयाँ कर्णाली रेडियोको कार्यकक्ष भित्रैबाट पक्राउ गरेको भन्दै जनपत्रकार संगठनले अविलम्व रिहा गर्न माग गरेको छ । संगठनका अध्यक्ष प्रकाश डुम्रे र महासचिव हिम विष्टले एक विज्ञप्ति जारी गरी वि.क.लाई रेडियो नयाँ कर्णाली १०२.८ मेगाहर्जको कार्यालयमा पुगी बिनाकारण प्रहरीले गिरफ्तार गरेको भन्दै विरोध जनाएका छन् ।
वर्तमान सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति निरन्तर असहिष्णु तथा अनुदार बन्दै आएको र संयोजक वि.क.को गिरफ्तारी पनि यसैको निरन्तरता हो भन्ने हाम्रो संगठनको ठहर छ । विज्ञप्तिमा भनिएको छ ।
संविधानप्रदत्त अधिकारलाई कुण्ठित हुने गरी वर्तमान सरकारले देखाएको यो रवैया खेदजनक छ । विचार,आस्था र प्रेसतथाअभिव्यक्ति स्वतन्त्रताको हननहुने गरी संयोजक वि.क.लाई प्रहरीलेप्रतिशोधपूर्ण तरिकालेगिरफ्तार गरेको संगठनको निस्कर्ष छ । तसर्थ,निर्वाधरुपमा प्रेस तथाअभिव्यक्ति स्वतन्त्रताको अभ्यास गर्न पाउने, स्वतन्त्रपूर्वक समाचार संकलन, लेखन, प्रकाशनतथा प्रसारण गर्न पाउने संविधान प्रदत्त अधिकारको सम्मान गर्न सरकारलाई हामी आग्रह गर्दछौं । गिरफ्तार श्रृंखला रोक्न साथै गिरफ्तार वि.क.लाई बिना सर्त स–सम्मान रिहा गर्न जोडदार माग गर्दछौं । विज्ञप्तिमा उल्लेख छ ।

बिहि, चैत्र ७, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter