के बन्दुक देखाएर सरकारले विप्लवलाई नियन्त्रण गर्न सक्छ ?


प्रज्वल श्रेष्ठ
उखान टुक्का र रुखो बोल्न माहिर प्रधानमन्त्री केपी ओलीको निर्देशनमा र जनयुद्धमा सगैं लडेका सहयोद्धा राम बहादुर थापा बादलको प्रस्तावमा विप्लव नेतृत्वको नेकपामाथि फागुण २८ गते मन्त्रीपरिषद्को बैठकबाट प्रतिवन्धको निर्णय र घोषणापछि नेपाली राजनीतिमा नयाँ मोड देखा परेको छ ।
विखण्डनकारी भनी आफैले जेल हालेर सर्वोच्च अदालतमा चलखेल गरी अघोषित वार्ता र सहमतिपछि रिहा गरे लगत्तै ११ बुदे सम्झौता सिके राउतसगँ गरेकै दिन प्रधानमन्त्री ओलीले लुटेरा समुह भन्दै विप्लवमाथि तथानाम गाली पनि गर्न भ्याए । यसको सिधा अर्थ सरकार एकीकृत जनक्रान्ति मार्फत बैज्ञानिक समाजवाद ल्याउन , राष्ट्रिय स्वाधिनताको रक्षा गर्न भन्दै सघर्ष गरीरहेको विप्लवलाई बन्दुकले नियन्त्रण गर्ने सोचका साथ अघि बढेको छ । सोही बमोजिम अहिले उसले कालीकोट, कपिलबस्तु,काभ्रे, रोल्पासहितका जिल्लामा व्यापक प्रहरी अप्रेसन चलाईरहेको छ । यति मात्रै हैन भोली संभावित युद्ध भएमा सेनालाई आफैले परिचालन गर्ने गरी ओलीले एउटा सुरक्षा विधेयक ससदमा प्रस्तुत गराएका छन् । जसको विरोध काग्रेसले औपचारीक रुपमा गरेको छ ।
यी पछिल्ला राजनीतिक परिघटनाहरुले नेपाल फेरि द्वन्द्वको भूमरिमा पर्ने त हैन ? फेरी नेपाली जनताले दश वर्षे जनयुद्धमा जस्तै दुखः पाउनु पर्ने त हैन भन्ने चिन्ता सहित वार्ता र शान्तिको कुरा जोड तोडले उठिरहेको छ । यो पृष्टभूमिमा सरकार नैतिक रुपमा विप्लवमाथिको प्रतिवन्धले कमजोर बनेको देखिन्छ ।

बन्दुक र सत्ताको प्रश्न

क. माओले भन्नु भएको छ, राज्य सत्ता बन्दुकको नालमा टिकेको हुन्छ । माओले भने जस्तै अहिलेको सत्ताका चालकहरु बन्दुकको प्रयोग मनखुसीले गर्ने मनशायमा देखिन्छन् । केपी ओली, प्रचण्ड र बादल समुहको यो प्रयास देशमा परिवर्तनको लागि पुनःजागृत भएर अघि बढेका कमरेड नेत्रविक्रम चन्द ‘विप्लव’ र उनको संगठनमाथि रक्तपातपूर्ण नियन्त्रणतर्फ अघि बढ्न खोजेको देखिन्छ । मानव समाजको विकाससगैँ आदिम साम्यवाद पछि वर्गहरुरको उदय र शासक वर्गले आफ्नो अस्तित्व रक्षा गर्न बन्दुकसहित राज्यका संरचनाहरुको विकास गरेको कार्ल माक्र्स र फ्रेडरिक एगेल्सले निष्कर्ष निकाले । उनीहरुले सक्षिप्तमा भने कि मानव समाजको आजसम्मको ईतिहास बर्ग सघर्षको ईतिहास हो र मालिक र मजदुर, अथवा शासक र शाषित वर्ग रहे रम्म यस्तो संघर्ष चलिरहने र वैज्ञानिक साम्यवाद पछि मात्रै सामाजिक अन्तरविरोध समाधान भएर वर्ग सघर्ष सकिने उनीहरुको घोषणा छ । यसैका आधारमा नै रुस, चीन लगायत विश्वका दर्जनौ मुलुकमा शसस्त्र संघर्ष र साम्यवादी शक्तिहरुले सत्ता निर्माण गरे । यद्यपि, त्यो सत्ता पुनः पूजीपति वर्गद्धारा पराजीत भयो । नेपालमा पनि खास गरी १० वर्षे जनयुद्धपछि साम्यवादी शक्ति जसको नेतृत्व नेकपा माओवादी र त्यसका प्रमुख प्रचण्डले गरेका थिए, त्यो सघर्ष एउटा विश्रामपूर्ण सम्झौतामा सकियो । त्यसले जनतासामु , सर्वहारा वर्ग, किशान, मजदुर सामु व्यक्त गरेका प्रतिवद्धताहरु पूरा गर्न सकेन । र जुन कुराको विरुद्ध लडेको थियो त्यही कुरामा गएर प्रचण्ड र उनका सहायकहरु बाबुराम भट्टराई, बादलहरु पुनः विलय हुन पुगे ।

आफ्ना प्रतिवद्धताहरु पुरा गर्न नसकेको विषयमा जनताको आलोचना छोप्न उनीहरुले जनवादी क्रान्ति पुरा भएको र शान्तिपुर्ण रुपले समाजवाद तर्फ जान सकिने भनेर ब्याख्या गरीरहेका छन् जुन कुरा सत्ता सघर्षको वैज्ञानिक दृष्टिकोणबाट हेर्दा संभव छैन । त्यस कारण उनीहरुले आफैलाई जेल हालेको, आफ्नै टाउकाको मुल्य तोकेको र आतककारी घोषणा गरेको राज्य मेसिनरी र बन्दुकलाई अहिले वर्ग संघर्षको कुरा गर्ने माथि सोझ्याउने कुरा निर्ममता हो । तर दलाल पूजिपति वर्गको प्रतिनिधित्व गर्ने यो सत्तामा उनीहरु यस्तो भाषा र व्यवहार विना टिक्न सक्ने अवस्था हुदैन । यो नै सत्ताको चरित्र हो , अनिवार्य नियम हो । समाज र सघर्षको आज सम्मको विकासले यो दृष्टिकोणलाई स्थापित गरेको छ । यसैले त माक्र्सले भनेका छन् वर्ग संघर्ष निर्मम हुन्छ ।

कस्तो हो छ त अहिलेको कम्युनिष्ट सत्ता ?

केपी-प्रचण्डहरु अहिले भनिरहेका छन् कि दुईतिहाईको अहिलेको सरकार कम्युनिष्ट सरकार हो । विप्लवले कम्युनिष्ट नाम राखेर गरीरहेको काम चाहीँ आतक हो, विध्वस हो, चन्दा आतक हो । समाजवाद त हामी ल्याईरहेका छौं । तर यी विषयहरु कतिको तर्कसंगत छ त भनेर हामीले वौद्धिक हिसाबले हेर्ने हो भने अहिलेको सत्ता पूजीवादी सत्ताको आधारमा कम्युनिष्ट लेपन लगाईएको ठिमाहा चरित्रको छ । यसले मुखमा कम्ुयनिष्टको कुरा गर्छ , व्यवहारमा मजदुरमाथि शोषण गर्ने, सुकुम्वासीमाथि धावा बोल्ने, शोषणमा आधारीत सम्पत्ति आर्जनको पूजीवादी चरित्रको रक्षाका निम्ती बन्दुक चलाउछ । त्यसलाई उसले कानुनको पालना, सविधानको रक्षा र जनताको जिउ धनको रक्षाको बहाना बनाउदछ । कम्युनिष्ट नामको सत्ता २०५१ सालमा मन मोहन अधिकारी र २०६५ सालमा प्रचण्ड हुदै अहिले सम्म आउदा पटकपटक एकै व्यक्ति गरेर हेर्ने हो भने केपी ओली, बाबुराम भट्टराई, माधव कुमार नेपाल, झलनाथ खनाल गरी ८ पटक उनीहरुको सरकार बन्यो र चलिरहेको पनि छ । अहिलेको त अझ दुई एमाले र माओवादीको दुई खुट्टा जोडेर शक्तिशाली दुई तिहाईको भनिएको छ ।

के उनीहरुले कम्युनिष्ट सिद्धान्त बमोजिम सर्वहारा वर्गको सत्ताको विकासमा काम गरेका छन् त ? या स्वयंलाई कम्युनिष्ट खोल ओढेर पूजिपति बनाउदै लगेका छन् ? के उनीहरुले जनतालाई खाना, नाना र छानाको व्यवस्था गरेका छन् त ? निशुल्क शिक्षा र स्वासथ्यको व्यवस्था गरेका छन् त ? के जनता उनीहरुसगँ खुसी छन् त ? अहँ पटक्कै यस्तो भएको छैन ।

बरु, जनताले अहिले पनि गासँ, बास, कपास, श्वास्थ्य र शिक्षाको समस्या टार्न आफैलाई विदेशीको दास बनाएर बेच्नु परिरहेको छ । युवाहरुको कुल संख्याको ४० प्रतिशत भन्दा बढी हिस्सा खाडी विदेशका गल्लीहरुमा भौतारीरहेका मात्रै छैनन् , दिन दिनै कत्तिको ज्यान गुमिरहेको छ । कठोर श्रम र असन्तुलित वातावरणका कारण धेरै नेपाली युवाहरु विदेशबाट मृगौलापीडित भएर फर्किरहेको तथ्य बृद्धि भएको देखिन्छ । गाँउमा हिंसा, बलात्कार, हत्या र अन्याय बढिरहेको छ । सत्ताले गाँउ गाँउमा सिंहदरबारको नाममा स्थापित गरेका सरचना र त्यसका प्रतिनिधिका रुपमा उनीहरुले पठाएका प्रतिनिधिहरु बैधानिक लुट (ठेक्का, खरीद र आयोजनामा कमिसन ) को भरमा रातारात पूजीपति बन्ने स्थिति देखिएको, जसबारे जनता पटक्कै सन्तुष्ट देखिदैनन् । तल्लोदेखि माथिल्लो संरचना र गतिविधि हेर्दा जसरीपनि राजनीतिक प्रतिनिधिको आवरणमा राज्य कोषबाट रकम ब्रम्हलुट गरेर पुस्तौंलाई सम्पत्तिको जोहो गर्नेहरुको स.ख्या बढेको छ । त्यही गाँउ शहरमा मृगौलाको डायलसिस गर्न नपाएर मानिसहरु मरिरहेका छन्, महिलाहरु आङ खसेर मरीरहेका छन्, झाडा पखालाले गाँउमा मान्छेको ज्यान लिईरहेको छ । तर नेताहरु आफ्नो उपचारका लागि जनताकै करबाट उठेको रकम दुरुपयोग गर्दै झाडा पखाला लाग्दा समेत विदेश जाने स्थिति के कुनै कम्युनिष्ट नेतृत्वले गर्न सक्छ ?

त्यस कारण के भन्न सकिन्छ भने केपी ओलीको नेतृत्वमा रहेको सरकार देखाउने कम्युनिष्टको मञ्च हो । तर व्यवहारमा यो दलाल, माफिया, पूजीपति वर्गको संरक्षण गर्ने सत्ताको अंगबाहेक अरु देखिदैन । यो कम्युनिष्ट विलकुल हुदै होईन । उनीहरुले भने जस्तो कम्युनिष्ट भन्न विप्लवले छाड्ने कि उनीहरुले ? यो एउटा नैतिकताको प्रश्न हो ।

विप्लवलाई नियन्त्रणमा लिन बन्दुक ?

के विप्लव जंगली जनावार हुन् ? कि उनी यही देशका एउटा जागरुक युवा ? उनलाई नियन्त्रणमा लिन राज्य मेसीनरी र बन्दुक सबै प्रयोग गर्ने काम जसरी सत्ताले शुरु गरेको छ , के यसले विप्लवलाई नियन्त्रणमा लिन सक्छ ? मानिलिउ एकै छिन विप्लवलाई उनीहरुको बन्दुकले भौतिक रुपले नियन्त्रणमा लिए रे के त्यसले विप्लवको विचारलाई कैद गर्न सक्छ ? के उनले उठाएको समाज रुपान्तरणको एजेण्डालाई राख्ने कुनै हिरासत छ यो राज्यसगँ ? एउटा विप्लवलाई मारेर वा समातेर पूजीवादी राज्य सत्ताको अस्थित्व टिक्छ त ? केपी प्रचण्ड बादल समुह आफै बन्दुकको प्रतिरोध गरेर आएको हैन ? आफैले मानिसहरु मारेर आएका हैनन् ? अनि आफूले पूरा गर्न नसकेको एजेण्डा पुरा गर्नुपर्छ भनेर एउटा विचार बोकेर हिडेको नेतृत्व विप्लवलाई आफैले आतंककारी घोषणा गर्ने ?

यदी यस्तो मुर्खता गरिन्छ भने त्यो एउटा राज्यशक्तिको दुरुपयोग र वैधानिक हिंशा र अपराधको विषय बन्छ कि बन्दैन ? ईतिहहासले यसको फैसला गर्ला ।
तर विप्लव अब नेत्र विक्रम चन्द मात्र हैनन् , उनी नेपाली सामाजिक र वर्र्गीय संघर्षको यो शताव्दीमा नयाँ विचार र संष्लेषण गरेर अघि बढेका प्रतिनिधि हुन् । उनमा देश बदल्ने, राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने र समाजलाई वैज्ञानिक र समानतामा आधारीत र समृद्ध बनाउने नयाँ विचार छ । त्यस कारण बन्दुकले भौतिक शरीर नियन्त्रणमा लिन सकिएला वा हत्या गर्न तर त्यो विचारले जन्माउने अन्य लाखौंँ विप्लवहरुले के गर्नेछन् ? उनीहरुले संगठित संघर्षले दमनकारी तपाईको मेसिनरी विरुद्ध धावा बोल्दै गए भने र अन्ततः शक्ति प्राप्त गरे भने केपी प्रचण्ड बादलहरु के गर्छन ? यो जटिल विषय हो । विप्लवलाई बन्दुक देखाएर तर्साउन या गलाउन खोज्नु भन्दा उनले उठाएको बिचार के हो ? त्यस विषयमा बहस गर्ने तिर सोच्नु उनीहरुका लागि पनि र देशका लागि पनि सकारात्मक बन्ने छ । अन्यथाः जसरी दशकौंसम्म टेक्टोनिक प्लेटहरु सर्दै गएर जुधेपछि महाभूकम्प र प्रलयहरु आउछन् त्यसैगरी राज्य सत्ताविरुद्ध जनतामा बढ्दै गरेको असन्तुष्टिले, जनतामा राज्य मेसिनरीले दिन थालेको दुखःले सघर्षको नयाँ प्रलयले केपी, प्रचण्ड बादल स्वयलाई उथल पुथल बनाउने छ । बेलैमा सोच्नु बुद्धीमानी हुनेछ ।

मधेश अलग्गै देश हो, एशियाको नयाँ देश हो भन्ने आफैले सम्झौता गरेपछि पनि बुलेटप्रुफ ज्याकेट लगाएर खुलेआम अलग्गै देश भनेर नाराबाजी गर्ने सिके राउतलाई छुटाउन र माला लगाउन केपी-प्रचण्डहरु किन हतारिए ? त्यही प्रायोजित समारोहमा विप्लवमाथि विषबमन किन भयो ? कतै यो अमेरिका र भारतसहित एशिया तथा प्रशान्त क्षेत्रमा चीनलाई घेर्ने रणनीतिअन्तर्गत नेपाली सत्तालाई प्रयोग गर्ने बैदेशिक शक्ति केन्द्रको मास्टरमाईन्ड प्रोजेक्टको प्रवेश त होईन ? जनता शुरुमै सचेत हुनुपर्ने छ । यदि त्यसो हो भने देशलाई विखण्डन गर्ने र विदेशीहरुको क्रिडास्थल बनाउने यिनै ओली-प्रचण्ड-बादलहरु हुनेछन् ।

बुध, चैत्र ६, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विचार-ब्लग समाचार

Like us On Facebook

Follow Us On Twitter