काभ्रेमा प्रहरीले गोली चलायो, नेकपामा चार कार्यकर्ता गिराफ्तार


काभ्रे चैत्र ६ । प्रतिवन्ध लगायतर दमन र धरपकडको नीति सरकारले लिए पछि नेकपा विरुद्ध प्रहरी आक्रामक रुपमा प्रस्तुत हुन थालेको छ ।
यसै क्रममा गएराति काभ्रेको रोशीमा प्रहरीले गोली चलाएको छ । यद्यपि, प्रहरीले विप्लवका कार्यकर्ताले गोली चलाए पछि जवाफी फायरीगं गरेको दावी गरेको छ ।
सो स्थानबाट चार जना कार्यकर्तालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुको नाम ठेगाना प्रहरीले सार्वजनिक गरेको छैन । पक्राउ गरिएकाहरुलाई काठमाण्डौ ल्याई सकिएको प्रहरीको भनाई छ ।

बुध, चैत्र ६, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter