प्रचण्डलाई पक्राउ गर्न उजुरी दिने तिलक श्रेष्ठ आफै पक्राउ पर्ने संभावना, यस्तो छ अमेरीकी कानुन


काठमाण्डौ चैत्र ६ । अमेरीकामा बस्दै आएका एक नेपाली तिलक श्रेष्ठले नेकपाका अध्यक्ष प्रचण्डलाई आतककारी भन्दै पक्रन उजुरी त्याहाको फेडेरल ब्युरोमा दिए पछि त्यसको हल्ला फैलियो । तर अमेरीकाले प्रचण्ड विरुद्ध नो ईन्भेष्टिगेसन सर्कुलर जारी गरीसकेको छ । तसर्थ प्रचण्ड पक्राउ पर्ने कुनै संभावना छैन ।
पत्नी सिता दाहालको उपचारमा अमेरीका स्थित नेपाली दुतावास, नेपाल स्थित अमेरीकी राजदुत रेन्डी बेरी सगँ आवस्यक छलफल गरेरै अमेरीका पुगेका प्रचण्डलाई एक नेपालीले नै उजुरी दिए पछि त्यसको चर्चा चल्यो ।
तर कानुन बमोजिम अब उजुरी कर्ता तिलक बहादुर श्रेष्ठ नै पक्राउ पर्न सक्ने देखिएको छ ।
अमेरीकी कानुन अनुसार एफबीआइािई सुझाव वा टिप्स दिन सक्ने त गलत नियतवस उजुरी गरेमा युस कोड सेक्सन १००१ को दफा १८ अअनुसार सम्बन्धित व्यक्तिलाई नै पक्राउ गरी कार्बाही हुने व्यवस्था छ ।
अब तिलक विरुद्ध अर्को उजुरी वा दवाव परे अमेरीकी प्रहरीले पक्रन सक्ने त्याहाँ रहेका नेपालीहरुले बताएका छन् ।

बुध, चैत्र ६, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter