यस कारण प्रचण्डलाई अमेरीकाले पक्राउ गर्ने छैन


मिर्मिरे डेस्क

चैत्र ५ काठमाण्डौं । पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पक्राउ अमेरीका जादा गर्न सक्छ कि भन्ने लख यस अघि पनि नकाटिएको हैन । केही वर्ष अघि अष्ट्रेलिया जानै लाग्दा यस्तै सूचनाका कारण भ्रमण नै स्थगित समेत दाहालले गरेका थिए ।
जनयुद्धमा १७ हजारको ज्यान जाने गरी भएको घटनाहरुका मुख्य योजनाकार र नेतृत्वको रुपमा प्रचण्डलाई अन्तराष्ट्रिय अदालत हेगमा लाने कुरा पूर्व एमाले र काग्रेसका नेता एवं मानव अधिकारका नाममा पश्चिमा देशहरुबाट आउने रकम झ्वाम पार्नेहरुले नगरेका हैनन् ।
अर्कोतिर भेनेजुएलामा अमेरीकी हस्तक्षेपका विरुद्ध वक्तव्य दिएर अमेरीकाले यस विषयमा प्रश्न समेत राखेको सन्दर्भले प्रचण्डको अमेरीका भ्रमण केही ढिलो गरी भएको छ ।
अहिले अमेरीकाको एउटा अस्पतालमा पत्नी सिता दाहालको गंभीर समस्याको उपचारका लागि पुगेका बेला एक जना तिलक श्रेष्ठ नामक व्यक्तिले उजुरी गरी अमेरीकामा आतककारीले भ्रमण गरीरहेको भन्दै संघीय ब्यूरोमा उजुरी गरे पछि नेपाली सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा टिप्पणीहरु चलिरहेका छन् ।
के त यति उजुरीकै आधारमा अमेरीकाले प्रचण्डलाई पक्राउ गर्ला ?
गत माघ दोस्रो साता तिर अध्यक्ष प्रचण्डले भेनेजुएलाका निर्वाचित राष्ट्रपति निकोलस मदुरो विरुद्ध अमेरीकी हस्तक्षेपको विरोध गर्दै अमेरीकी साम्राज्यवादी हस्तक्षेप भने पछि यसले राष्ट्रिय राजनीति र कुटनैतिक क्षेत्रमा तरंग ल्यायो ।
त्यस लगत्तै अमेरीकी राजदुर रेण्डी बेरीले खुमलटार स्थित प्रचण्डको निवासमै गोप्य बार्ता गरी छलफल गरेर यस्तो वक्तव्य नदिएको भए हुन्थ्यो भन्ने आशय व्यक्त गरे । सोही छलफलमा अमेरीका जाने विषयमा पनि कुरा भएको र प्रचण्डलाई अमेरीकामा सहयोग गर्ने राजदुतको बचन पछि नै उनी पत्नी दाहाललाई अमेरीका लान तयार भएका हुन् ।
अर्कोतिर वक्तव्य र जनयुद्धको कुरा जे भए पनि अहिले अमेरीकी कुटनीति एक हिशाबले विश्वव्यापी रुपमा कमजोर बन्ने दिशातिर छ ।
यदी प्रचण्डलाई पक्राउ गर्ने हो भने त्यसको विरोध चौतर्फी हुन्छ र अमेरीकालाई अन्तराष्ट्रिय दवाव पर्ने छ यस कारण उसले समात्ने छैन ।
अर्को प्रचण्डकै हातमा साँचो छ नेपालको सरकारको अहिलेको हकमा ।
नेपाललाई समेत अमेरीकाले ईन्डो प्यासिफिएक एलाईन्समा जोडेको छ र यो मोर्चा मार्फत नेपालमा प्रभाव विस्तार गर्ने र चीन विरोधी प्राथमिक किल्लाको रुपमा नेपाललाई प्रयोग गर्ने दिशामा अमेरीकीहरु लागेको देखिन्छ । प्रचण्ड पक्राउले यो रणनीतिमा पनि अमेरीकालाई धक्का लाग्ने छ । त्यसकारण उसले प्रचण्डलाई पक्राउ गर्न सक्ने छैन । नेपाललाई चीन विरुद्ध प्रयोग गर्ने विषय अहिले देखि हैन ७० वर्ष देखि अमेरीकाले सोचिरहेको छ । सन् १९४९ मै सिआईएले नेपालको महत्वबारे अमेरीकी सरकारलाई प्रतिवेदन दिएको थियो ।
अर्को कुरा प्रचण्ड कुनै कुटनैतिक या राजनीतिक अभियानमा औपचारीक रुपमा भ्रमणमा गएका हैनन । उनी पत्नीको उपचारका लागि अस्पतालको शैया नजिक उभिन अमेरीका पुगेको र यो मानवीय समवेदनाको विषय पनि भएकाले ट्रम्प प्रशासनले त्यस्तो कदम चाल्ने देखिदैन । यदी चालि हालेमा त्यो उसैलाई घाटा पुग्ने प्रकारको देखिन्छ ।

 

मङ्ल, चैत्र ५, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विचार-ब्लग समाचार

Like us On Facebook

Follow Us On Twitter