प्रचण्डलाई पक्राउ गर्न भन्दै अमेरीकामा उजुरी , उजुरी हाल्ने व्यक्ति यी हुन्


काठमाडौं ५, चैत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पत्नी सीता दाहालको उपचारका लागि छोरी गंगा र ज्वाइँ जीवन आचार्यलाई लिएर अमेरिका पुगेका पुगेका छन् ।
पत्नीको उपचारमा अमेरिका पुगेका प्रचण्डविरुद्ध अमेरिकामा एक ब्यक्तिले उजुरी गरेकोे छ ।

उजुरी गर्ने ब्यक्ति केनटुकी स्टेट युनिभर्सिटीमा कार्यरत तिलक श्रेष्ठले बाल्टीमोरस्थित संघीय ब्युरोमा यु्द्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै नेकपा अध्यक्ष प्रचण्डविरुद्ध उजुरी हालेका हुन् ।
अमेरिकी कानुनले कुनै पनि युद्ध अपराधीलाई आफ्नो देशमा पक्राउ गर्न सक्ने अधिकार दिएको छ ।

प्रचण्डमाथि युद्ध अपराध गरेको, मानवअधिकार उल्लंघन गरेको आरोप लागेकाले उनी पक्राउ पर्न सक्ने अनुमान गरिएको छ । प्रचण्डविरुद्ध अमेरिकामा उजुरी, विषय–एउटा आतंककारी अमेरिका घुुमिरहेको छ (उजुरीसहित) पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध अमेरिकाको बाल्टिमोरस्थित संघीय अनुसन्धान ब्युरोमा उजुरी परेको थियो ।

केनटुकी स्टेट युनिभर्सीटीमा पढाइरहेका डा. तिलक श्रेष्ठले उक्त उजुरी गरेका हुन् । उजुरीको शीर्षकमा उनले ‘एउटा आतंककारी अमेरिका घुमिरहेको छ’ भनी लेखेका छन् ।


व्युरोमा पठाइएको उजुरीमा श्रेष्ठले ‘आतंककारीका नामले चिनने पुष्पकमल दाहाल जसलाई प्रचण्ड पनि भनेर चिनिन्छ उनी नेपालबाट यसै साता अमेरिका आई पुगेका छन् ।’

उजुरीमा अघि लेखिएको छ,‘उनी अमेरिकाको आतंककारी सूचीमा छन् । उनको अभियानका क्रममा नेपालका १७ हजार गरिब मारिएका थिए । अध्यक्ष दाहाल जोन हपिक्न्स अस्पतालमा पत्नी सीता दाहालको उपचारका लागि पुगेका हुन् ।

उजुरीमा उल्लेख छ,‘कृपया आतंकवादविरुद्ध अमेरिकाको अडान र नीतिगत मान्यता, आन्तरिक र विश्वव्यापी मान्यताका आधारमा कानुनी उपचार होस् । मलाई थाहा छैन कहाँ उजुरी गर्ने, कृपया यसलाई सम्बन्धीत निकायमा जानकारी गराइयोस् ।

मङ्ल, चैत्र ५, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter