आफ्नो मृत्यु पछि अर्को उत्तराधीकारी भारतबाटै खोज्ने तर चीनले तोकेको नमान्ने दलाई लामाको जिकिर


चैत्र ५ दिल्ली । सन १९५९ देखि भारतमा निर्वासीत जीवन विताईरहेका तिव्वती धार्मिक गुरु दलाई लामाले आफ्नो मृत्यु पछि अर्को उत्तराधिकारी भारतमा रहेका लामाहरुबाटै खोजि हुने बताएका छन् ।
धर्मशालामा बोल्दै उनले चीनले तोक्ने उत्तराधीकारी मान्य नहुने बताए ।
विद्रोहको ६० वर्षको स्मरणमा आयोजित कार्यक्रम पछि बेलायती समाचार संस्था रोएटर्ससगँ कुरा गर्दै लामाले स्वतन्त्र देशको रुपमा धार्मिक उत्तराधीकारी यही( भारत ) बाट छानिने छ र अर्को चीनले पनि छान्ने छ , तर हामी त्यसलाई सम्मान गर्दैनौं ।
उनी १४औं दलाई लामा हुन् । सन् १९५९ मा माओत्सेतुगंले परिवर्तनको आग्रह गर्दा अस्वीकार गरी विद्रोह गर्दा असफल भए पछि लामा भागेर भारत पुगेका थिए ।
दलाई लामा र उनले फ्रि तिव्वतको लागि चलाउने आन्दोलन चीनको लागि टाउको दुखाईको विषय बन्दै आएको छ ।

मङ्ल, चैत्र ५, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया