जनताको मुक्तिका लागि हामी बलिदान गर्न तयार छौंः प्रकाण्ड


काठमाडौं, २४ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले अाफ्नो बलिदानी भएपनि जनताको मुक्तिका लागि अाफ्नो पार्टी सधैं लडिरहने बताएका छन ।

गृह जिल्ला कालिकोटको माल्कोटमा अायोजित विशाल सभामा सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले अहिलेको सरकार दलाल र भष्ट्रहरुको गठजोडमा बनेको बताए । एक अर्को प्रशङ्गमा प्रकाण्डले दश बर्षे जनयुद्धमा सिङ्गो कर्णाली र कालिकोटका जनताले गरेको योगदानको स्मरण गर्दै उनले जनयुद्धको नेतृत्व गर्नेहरूको धोका र गलत सम्झौताले जनयुद्धका सपना पुरा नभएको बताए ।

प्रकाण्डले अहिलेको कम्युनिस्ट सरकार काङ्ग्रेसभन्दा पनि भ्रष्ट बन्दै गएको यो सरकार बाट जनताले कुनै अपेक्षा नराखेको दाबी गरे । अहिलेको सरकार ५ बर्ष चल्ने स्थायी सरकार भनिएको छ १ बर्ष नहुदै सरकारको दिनगन्ति सुरु भएको भन्दै सरकारको विकल्प वैज्ञानिक समाजवाद हुने बताए ।

उनले कम्युनिस्ट सरकारले अाफुहरुले उठाएका न्यायपूर्ण मागउपर हस्तक्षेप गरेको भन्दै जनतालाई दलाल सरकारको प्रतिरोधमा उत्रन निर्देशन समेत दिए ।

प्रवक्ता प्रकाण्डले कर्णालीको विकासमा राज्यको निरिहता र भ्रष्ट चरित्रका कारण बिकास हुन नसकेको दाबी गरे । प्रवक्ता प्रकाण्डले शहिदका सपना बेचेर खानेहरुविरुद्ध एकपटक फेरि संघर्षसहित तपाईंहरूको साथ चाहिएको भन्दै जनतालाई अन्तिम क्रान्तिको लागि साथ दिन र तयारी अवस्थामा बस्न अनुरोध गरेका थिए । जनसभामा माल्कोट,लालु लगाएतका विभिन्न गाउँ बाट जनताको सहभागीता रहेको थियोे ।

यसैगरी सोही कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय समिति सदस्य एवम् कर्णाली ब्युरो ईन्चार्ज एटमले गाउँ गाउँमा सिंहदरबार होइन भ्रष्ट र काम चोर स्यालहरु अाएको बताएका छन । एटमले सिंहदरबारको भ्रष्टचार गाउँ गाउँमा पुगेर भ्रष्टचारलाई सस्थागत गरेको बताए । स्थानीय चुनावमा नेपाली जनतालाई देखाईएका झुटा सपना १ बर्ष नहुदै नाङ्गिएको भन्दै एटमले अहिलेको सरकार र स्थानीय निकाय कसरी कमाउन सकिन्छ भन्ने ध्याउन्नमा लागेको दाबी गरे ।

केन्द्रीय सदस्य एटमले प्रचण्ड बाबुरामको गद्दारीले १० बर्ष जनयुद्ध धोका धडिमा टुङ्गिएको भन्दै हजारौं शहिद तथा वेपता परिवारका सपना पुरा गर्ने जिम्मेवारी अाफ्नो पार्टीको काधमा अाएको बताए । केन्द्रीय सदस्य सदस्य अादर्शले गाउँ गाउँमा अाएका नयाँ दलाललाई गाउँ बाट खेदेर गाउँमा नयाँ सता चलाउनु पर्ने बताए । उनले वलि र प्रचण्ड सरकारले अाफ्ना नेताहरुलाई झुटा मुद्दा लगाएर दिएको दुख प्रति अाक्रोस प्रकट गर्दै जनयुद्धको अाधार ईलाकामा गएर जनतासँग माफि माग्न प्रचण्डलाई चेतावनी समेत दिए ।

कालिकोटको माल्कोटमा अायोजित जनसभामा माल्कोट, लालुलगायतका विभिन्न गाउँ बाट जनताको सहभागीता रहेको थियोे । कार्यक्रमको अध्यक्षता कर्णाली ब्युरो सदस्य बल बहादुर बुढाले गरेका थिए भने सञ्चालन जिल्ला सेक्रेटरी रणदिपले गरेका थिए । जनसभामा सामाना केन्द्रीय परिवारले बेजोडले साँस्कृतिक गीत, नृत्य प्रस्तुत गरेको थियो ।

सोम, मंसिर २४, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया