राजधानीको ठूलोर्भयाङमा ट्रान्सफर्मर पड्किएर आगलागि


 

काठमाडौं, कार्तिक २९ ।
विद्युत्त ट्रान्सफर्मर पड्किएर काठमाडौंको ठूलोर्भयाङमा आज बिहान आगलागी भएको छ ।

ट्रान्सफर्मर पड्किएपछि निस्किएको आगोको मुस्लोले नजिकैको राजेन्द्रमान शाक्यको घरमा समेत क्षति पुगेको छ ।

तर, स्थानीय र प्रहरीको सक्रियतामा समयमै आगो नियन्त्रणमा आएकाले ठूलो क्षति हुन नपाएको स्वयम्भू प्रहरीका डीएसपी सुधीरराज शाहीले जानकारी दिनुभयो ।

शाहीका अनुसार, बिहान ७ बजे लागेको आगलागीबाट शाक्यको घरको एउटा कोठामा सामान्य क्षति पुगेको छ ।

बिहि, कार्तिक २९, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया