सुदूरपश्चिमका विकासमन्त्री सोडारी बर्खास्त, सत्तारुढ नेकपामा भाँडभैलो


धनगढी, २७ कार्तिक ।

सुदुरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारी बर्खास्त भएका छन् ।

सत्तारुढ नेकपाको निर्देशन नमानेको, पदीय मर्यादाविपरीत हर्कत गरेको लगायतका आरोपमा उनी मंगलबार बर्खास्त भएका हुन् ।
सोडारीलाई बर्खास्त गर्न नेकपाका सुदुरपश्चिम प्रदेशका इन्चार्ज भीम रावलले सिफारिस गरेका थिए । सोही सिफारिस बमोजिम सूदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई पदबाट हटाएको बताइएको छ ।

यसबारे जानकारी दिन प्रदेश सरकारले पत्रकार सम्मेलनको आयोजना गर्ने तयारी भइरहेको जनाइएको छ । यसअघि प्रदेश ३ को भौतिक पूर्वाधार तथा विकास मन्त्री केशब स्थापितलाई मुख्यमन्त्री डोरमणि पौड्यालले कार्तिक १६ गते बर्खास्त गरेका थिए ।

मन्त्रीहरुको बर्खास्तीसँगै सत्तारुढ नेकपाभित्र भाँडभैलोको अवस्था फैलँदै गएको केन्द्रीय एक नेताले बताए ।

मङ्ल, कार्तिक २७, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया