जनताले अधिकार नपाएसम्म क्रान्ति जारी राख्ने प्रतिवद्धतासहित नेकपाको भैलो कार्यक्रम


पोखरा, २२ कार्तिक ।
पछिल्लो समयमा मुलुकमा बढिरहेको परिवर्तित राजनीतिक घटनाक्रमको प्रभाव चाडपर्वमा समेत देखिएको छ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको अवसरमा विभिन्न संघ संस्था तथा समुहले फरक शैलीमा देउसी भैलो खेल्ने मनाएको छन् ।
यो वर्षको दीपावलीको अवसरमा क्रान्तिकारीहरुले जनपक्षीय मान्यतामा आधारित रहेर अधिकारबारे सुसूचित गराउँदै देउसीभैलो कार्यक्रम आयोजना गरेका छन् ।
क्रान्तिकारी शक्ति नेपाल कम्युनिष्ट पार्टी कास्कीले प्रगतिशिल देउसी भैलो कार्यक्रम संचालन गरिरहेको छ । आफ्नो पाँचौं पुनर्गठन दिवस मनाउने तयारीस्वरुप साताव्यापी कार्यक्रम घोषणा गरिसकेको नेकपाले तिहारको अवसरमा विभिन्न साँस्कृतिक प्रस्तुती लिएर जनताको घर आँगनसम्म पुगेको हो ।


नेकपाले उठाउँदै आएको वैज्ञानिक समाजवाद स्थापनाका लागि एकीकृत जनक्रान्तिमा होमिन गीत संगितका माध्यमबाट जनतालाई जागरुक बनाउने र उनीहरुको अधिकारबारे सचेत गराउने उद्देश्यले देउसी भैलो कार्यक्रम गरिएको नेकपा कास्कीका सेक्रेटरी आक्रोशले जानकारी दिनुभयो ।
कार्यक्रममा जनपक्षीय गीतमा नृत्य प्रस्तुत गर्दै आइरहेको छ । देशमा दलाल संसदीय व्यवस्थाले जनताको अधिकार खोसेकोले जनता क्रान्तिकारी शक्तिसँग गोलबन्द हुन आह्वान गर्दै स्थानीयमाझ् जनताको शासन नआएसम्म मिलेर सँगै लड्नेछौंलगायत बोलको गीत तथा नृत्य प्रस्तुत गरिएको सेक्रेटरी आक्रोशले बताए ।

बिहि, कार्तिक २२, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया