पैसाका लागि भारतीयलाई नागरिकता दिन सिफारीस गर्ने वडा अध्यक्ष विरुद्ध मुद्धा


सप्तरी ।
पैसाका लागि भारतीयलाई नागरिकता दिलाउन खोज्ने सप्तरी हनुमाननगर कंकालिनी नगरको १४ नं वडा अध्यक्ष राम नारायण यादव सहित चार जना विरुद्ध जिल्ला अदालतमा मुद्धा परेको छ ।
साथै वडाका सचिव महेशनारायण यादव र नक्कली बाउ बनेका बिन्देश्वर यादव विरुद्ध मुद्धा दायर भएको हो ।
साथै भारतीय नागरिक जयराम विरुद्ध पनि सगै मुद्धा हालिएको छ । स्थानीय कमलेश्वर यादवले नागरिकता ऐन बमोजिम कार्बाहीको माग गरेका छन् । वडाले नागरिकता दिन सबै प्रकृया पुरा गरेको थाहा पाए पछि अदालतमा उजुरी परेको हो ।

मङ्ल, कार्तिक ६, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया