प्रदेश सरकारले केन्द्रलाई मिचेर काम गरे दुर्घटना निम्तिन्छः दाहाल


सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश दुई सरकारले केन्द्र सरकारलाई मिचेर पहिले नै प्रहरी ऐन ल्याए मुलुक दुर्घटनामा जाने चेतावनी दिएका छन् ।
जनकपुरमा पार्टी कार्यलयको उद्घाटन गर्दै उनले मधेशको विभेद अन्त्य गर्ने कुरामा आफू गंभीर रहेको भन्दै प्रदेश सरकारको माग प्रति पार्टी गंभीर रहेको बताए ।
प्रदेश दुईका मन्त्री लाल बहादुर राउत सहितकै उपस्थितिमा दाहालको यस्तो अभिव्यक्ति आए पछि मधेशको मुद्धा जटिल भएको संकेत देखिएको छ ।
प्रदेश २ को सरकारले छुट्टै प्रहरी बनाउने तयारी गरे पछि संघीयता सम्बन्धि बहस जटिल बनेको छ ।

मङ्ल, कार्तिक ६, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया