नेपाली गीत बजेका कारण भारतले नेपाली रेडियोमा लगायो प्रतिवन्ध


भारतले नेपाली रेडियोबाट सीमा सुरक्षामा खतरा देखिएको भन्दै प्रशारणमा रोक लगाएको छ ।

भारतको दैनिक अखबार ‘हिन्दूस्तान टाइम्स’ का अनुसार उत्तराखण्ड, उत्तर प्रदेश र बिहारसँग सीमा जोडिएका नेपाली क्षेत्रमा केही नेपाली रेडियोले भारतविरोधी प्रचार गरेका कारण प्रहरीले केबल अपरेटरलाई त्यस्ता रेडियो प्रशारण बन्द गराउन निर्देशन दिएको हो ।

नेपालसँग सीमा जोडिएका उत्तराखण्ड, उत्तर प्रदेश, बिहारका केही जिल्लामा स्थानीय केबल अपरेटरले नेपाली रेडियो प्रशारण गर्दै आएका छन् ।

 

केही रेडियोले नेपाली गीतका साथै भारतसँगको सीमा विवाद, भारतीय सुरक्षा बलको ज्यादति, विगतमा भएको माओवादी जनयुद्धसम्बन्धी विभिन्न सामग्री प्रशारण गर्दै आएका कारण नेपाली रेडियो प्रशारणमा रोक लगाइएको उक्त अखबारमा उल्लेख छ ।

 

मङ्ल, कार्तिक ६, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया