सामूहिक बलात्कारबाट जोगिन नेपाली महिलाले अपार्टमेन्टको तेस्रो तलाबाट हाम फालिन


जयपुर । सामूहिक बलात्कारबाट जोगिन एक नेपाली महिलाले अपार्टमेन्टको तेस्रो तलाबाट हाम फालेकी छन्।

भारतको जयपुरस्थित मोहना क्षेत्रमा भएको उक्त घटनामा जिवितै रहेकी २३ वर्षीया ती युवतीको जयपुर अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अर्धनग्न अवस्थामा हामफालेकी युवतीको स्वास्थ्य अवस्था अहिले खतरामुक्त रहेको अस्पतालका अधिकारीलाई उदृत गर्र्दै टाइम्स अफ इण्डियाले जनाएको छ।

दिल्लीमा बस्दै आएकी ति नेपाली महिला केही समय पहिले आफ्नै प्र्रेमी संग जयपुर आएको र ती प्रेमीसँगै अर्का एक युवाले बलात्कारको प्रयास गरेपछि उनले हामफालेको प्रारम्भिक अनुशन्धानबाट खुलेको जयपुर प्रहरीलाई उदृत गर्दै एनडीटीभीले जनाएको छ।

एनडीटीभिका अभियुक्तहरुको पहिचान भइसकेको र खोजी कार्य जारी रहेको त्यहाको प्रहरीले जनाएको छ।

मङ्ल, कार्तिक ६, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया