नेकपाः माधवको विषयमा सहमति, नारायणकाजीको राजीनामा अस्वीकृत


काठमाण्डौं कार्तिक ५ । नेकपा सचिवालयको आज सम्पन्न बैठकले पार्टी भित्र विधि विपरीत मनपरी ढंगले मनपरी ढंगले स्थानीय नेतृत्व तोकेको लगायतका विषयमा वरिष्ठ नेता माधव कुमार नेपालले राखेको असहमति पत्रको विषयमा छलफल गर्दै अब उप्रान्त त्यस्तो गल्ती नदोहोर्याउने निर्णय गरेको छ ।
बालुवाटारमा बसेको बैठकले प्रदेश पदाधीकारीहरुबारे पहिले भएका निर्णय पनि सदर गरेको छ ।
अर्कोतिर नारायणकाजी श्रेष्ठले प्रवक्ताबाट दिएको राजीनामा अस्वीकार गर्ने बैठकले निर्णय गरेको छ । उनले गोविन्द केसीको विषयमा जथाभावी बोलेको भन्दै अध्यक्ष केपी ओलीले स्पष्टीकरण लिए पछि राजीनामा बुझाएका थिए ।

यस अघि हिजोको बैठकले बामदेव गौतमका लागि उपनिर्वाचनमा नजाने र काठमाण्डौं सातका रामबीर मानन्धरले राजीनामा दिनु नपर्ने निर्णय गरेको थियो ।

सोम, कार्तिक ५, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया