तपाईको क्यामेरा मेरो मोटरसाईकल तिर नफर्काउनु भन्दै धम्की दिने वडा अध्यक्ष कार्की विरुद्ध प्रहरीमा उजुरी


कार्तिक ५ ईलाम । इलामको सूर्योदय नगरपालिका वडा नम्बर ३ का अध्यक्ष होम कार्कीले नेपाल पत्रकार महासंघका उपाध्यक्ष तथा इलामका पत्रकार सुजन तिमसिनालाई धम्किदिएपछि सुरक्षाको माग गर्दै पत्रकार तिमसिनाले प्रहरीमा उजुरी दिएका छन् ।

नगरपालिकाको भौतिक पूर्वाधार विकास समितिका संयोजक समेत रहेका कार्कीले लोकल सन्देश डट कममा प्रकाशित ‘सूर्योदय नगरपालिकाका ३ वडाध्यक्षद्धारा सरकारी सवारीसाधनको दुरुपयोग’ समाचारको बिषयमा लिएर आइतबार धम्कि दिएपछि पत्रकार तिमसिनाले आज इलाका प्रहरी कार्यालय पशुपतिनगर इलाममा सुरक्षाको माग गर्दै उजुरी दिएका हुन् ।

आइबार दिउँशो १२ बजेर ४४ मिनेटमा पत्रकार सुजन तिमसिनालाई ९८५२६००६७ नम्बरको मोबाइलबाट फोन गरि ‘तपाई सूर्योदय नगरबासी हैन, म पनि यस नगरबासी हुँ राम्रो समाचार लेख्नु भन्दै धम्क्याएका थिए । तपाईको क्यामरा मेरो मोटरसाइकल तिर नफर्काउनु भन्दै वडाध्यक्ष कार्कीले तपाईजस्तो पत्रकार थुपै्र देखेको भन्दै पत्रकार तिमसिनालाई धम्क्याएका थिए । वडाध्यक्षको धम्कि विरुद्ध पत्रकार तिमसिनाले इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी प्रमुख हेमराज ओली समक्ष सुरक्षा माग गर्दै उजूरी दिएका हुन् ।

कात्तिक २ गते सुर्योदय नगरपालिका ८ निवासी खिना भट्टराईको मलामी जाँदा दशैँ विदामा वडा न ३ का अध्यक्ष होम कार्कीले मे १ ब २८० नम्बरको सरकारी मोटरसाइकल बिदाको दिन प्रयोग गरेको समाचार लोकल सन्देश डट कममा प्रकाशित भएपछि उनले पत्रकार सुजन तिमल्सिनालाई फोनमा धम्क्याएका हुन् । पत्रकार तिमसिनाले वडाध्यक्ष कार्कीले आफु विरुद्ध पत्रकार ज्यू पनि यहि नगरबासी हैन म पनि नगरकै मान्छ हुँ भन्दै धम्क्यिाएको र सूर्योदय नगरपालि क्षेत्रमा कार्यरत पत्रकारलाई आफुविरुद्ध गतल प्रचार गरेको भन्दै कारबाहीको माग गर्दै उजुरी दिएका छन् ।
यसैगरि पत्रकार सुजन तिमसिनालाई क्रसित गर्ने गरि फोन गरेको भन्दै फिक्कलबाट प्रकाशित स्थानीय सन्देश साप्ताहिकले गम्भिर ध्यानआकर्षण भएको जनाएको छ ।
स्थानीय सन्देश साप्ताहिकका सम्पादक बासुदेव तिमसिनाले एक प्रेश विज्ञप्ति प्रकाशित गरि सूर्योदय नगरपालिकाका ३ वडाध्यक्षद्धारा होम कार्कीको भनाइले संचारकर्मीहरुले स्वतन्त्र रुपमा समाचार सम्प्रेशण गर्ने वातावरण समेत खल्बिलिएको जनाएको छ ।
विज्ञप्तिमा राज्य संचालन गर्ने जनताका प्रतिनिधिले स्वतन्त्र, निस्पक्ष र व्यवसायीक पत्रकारहरुप्रति ‘तपाई सूर्योदय नगरबासी हैन, म पनि यस नगरबासी हुँ भन्ने भनाइले’ निज पत्रकारले जिउ ज्यानको असुरक्षा भएको महसुस गरेकाले संचारकर्मी र संचारमाध्यममाथि हुने यस्ता धम्किको घोर भर्सना र निन्दा गर्दछौ भनिएको छ ।
पत्रकार सुुजन तमिसिना इलामको फिक्कलबाट प्रकाशित हुने स्थानीय सन्देश साप्ताहिक र लोकल सन्देशक डट कमका प्रधानसम्पादक फिक्कलकै रेडियो वुद्धबाणिका कार्यक्रम संचालक र नेपाल टेलिभिजनका इलाम समाचारदाता हुन् ।

सोम, कार्तिक ५, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया