धनगढीमा रहेको जुत्ता गोदाममा आगलागी


कैलालीको धनगढी उपमहानगरपालिका–२ मा रहेको जुत्ता गोदाममा आगलागी भएको छ ।

मुख्य बजारमा रहेको सरस्वती र गणेशलक्ष्मी इन्टरप्राइजेजमा आगलागी भएको हो । गणेश लक्ष्मी इन्टरप्राइजेजको माथिल्लो तलामा एक्कासी दिउँसो करिब पौने चार बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासी तथा धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको दमकलले आगो निभाउने प्रयास गरिरहेका छन् ।

सोम, कार्तिक ५, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया