बेलारुसको रक्षाका लागि रुसले जस्तो सुकै सैन्य कार्बाही गर्न सक्ने चेतावनी


बेलारुसका लागि रुसी राजदुत मिखेल बाबिचले बेलारुस विरुद्ध कुनै पनि सैन्य हस्तक्षेप भए उसको रक्षाका लागि रुसले जस्तो सुकै सैन्य कदम उठाउने चेतावनी दिएका छन् ।
अमेरीकी अधिकारीहरुले रुससगँ सिमा जोडिएको पोल्याण्डमा नयाँ सैन्य बेसक्याम्प खोल्ने घोषणा गरे पछि रुसको यो प्रतिकृया आएको हो ।
उनले रुस र बेलारुस आपसी समझारीमा पुगेको र दुवै क्षेत्रीय शक्ति भएकाले आफ्नो सुरक्षा र प्रतिरोधात्मक आक्रमणका लागि सबै खालको क्षमता रहेको बताए ।
बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासुले पोल्याण्डमा सैन्य क्याम्प राख्ने अमेरीकी योजना भनेको कालिनिनग्रादमा सिमा जोडिन्छ भन्ने कुराको प्रतिविम्ब हो ।
उनले रुस र बेलारुसका जनता सगै रहेको भन्दै हरेक कुरामा दुबै देशले सहकार्य गर्ने बताए ।

सोम, कार्तिक ५, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया