नेपालसंगको उर्जा सम्झौता कार्यन्वयनको चरणमा: चीन


चीनले नेपालसँग यसअघि नै भएको इनर्जी कोअपरेशनको समझदारी कार्यान्वयन गर्ने चरणमा रहेको बताएको छ । चीनले अघि सारेको वान वेल्ट वान रोडको उर्जामन्त्री स्तरीय बैठकमा भाग लिन चीनको सुजोओ पुगेका उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र चिनियाँ उपमन्त्री लियाङ्ग विलियाङ्गबीच भेटवार्तामा  लियाङले सो जानकारी गराउनुभएको हो ।

भेटवार्तामा आपसी हित र उर्जाको क्षेत्रमा दुई देशको बीचमा गर्न सकिने सहकार्यका बारेमा समेत छलफल भएको थियो । द्विपक्षीय भेटवार्तामा मन्त्री पुनले नेपाल र चीनबीच निकै पुरानो सम्बन्ध रहेको चर्चा गर्दै आगामी दिनमा समेत दुवै देशको सम्बन्ध मजवुत वन्ने धारणा राख्नुभएको थियो । नेपालमा लामो समयपछि दुई तिहाईको सरकार बनेको भन्दै उनले त्यसमा चीनको सहयोग र सद्भावको खाँचो रहेको पुनले बताउनुभयो ।

शनि, कार्तिक ३, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया