कर्मचारी सञ्चयकोषमा हाल ३ सय अर्व बरावरको वित्तिय स्रोत


काठमाण्डौ, ३ असोज ।
अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारी सञ्चयकोष सामाजिक सुरक्षण कोष समेत र हेको कारण सामाजिक सुरक्षाका कार्यक्रमलाई नयाँ ढंगले अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।
सञ्चयकोषको ५७ औ वार्षिकोत्सवकका अवसरका आज आयोजित कार्यक्रमा बोल्दै उहाँले कोषमा रहेको लगानी योग्य रकमलाई एक वर्षभन्दा वढी अवधिको निक्षेपमा लगानी गरी पूजी बजारको प्रमुख खेलाडीको रुपमा रहनु पर्ने बताउनुभयो । उहाँले नेपाल सरकारको नीति अनुसार कर्मचारी आवसको लागि काम गर्न कोषलाई आग्रह गर्नुभयो ।
यसैगरी सोही कार्यक्रममा बोल्दै नेपाल सरकारका राजश्व सचिव तथा कोष सञ्चालक समितिका अध्यक्ष शिशिर कुमार ढुंगानाले कोषलाई सुदृढ सामाजिक सुरक्षण संयन्त्रको रुपमा विकास गर्दै लैजाने नीति रहेको बताउनुभयो । उहाँले कोषमा रहेको रकमको दीर्घकालिन ब्यवस्थापन गर्न श्रोत ब्यवस्थापन र लगानी विविधिकरणमा सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले कोषले निर्णय गर्दा जहिले पनि सञ्चयकर्ताहरुको बृहत्तर हितलाई हेरेरमात्र निर्णय गर्नुपर्ने बताउनुभयो ।
सोहि कार्यक्रममा बोल्दै कोषका प्रशासक तुलसी प्रसाद गौतमले नेपाल सरकारले अघि सारेको एकिकृत सामाजिक सुरक्षाको अवधारणलाई सार्थक तुल्याउन कर्मचारी सञ्चयकोषलाई प्राप्त हुने भुमिका र जिम्बेबारी निर्वाह गर्न कोष प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले कोष सदैब सञ्चयकर्ताको हित र सन्तुष्टिप्रति क्रियाशिल रहिरहने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा कोषमा २५ वर्ष र १५ वर्ष सेवा गर्ने ३ जना कर्मचारीलाई दिर्घसेवा पदकबाट सम्मान गरिएको थियो भने एसइइ परिक्षामा उत्कृष्ठ अंक ल्याउने कर्मचारीका सन्ततिलाई पुरस्कृत गरिएको थियो ।
कर्मचारी सञ्चयकोष ऐन २०१९ अनुसार वि.सं.२०१९ भदौ ३१ गते स्थापना भएको कर्मचारी सञ्चयकोषमा हाल ६ लाख सञ्चयकर्ताहरुको करिव ३ सय अर्व बरावरको वित्तिय स्रोत रहेको छ ।
उक्त रकमबाट कोषले सञ्चयकर्ताको सामाजिक आवश्यकता पूर्ति गर्नको लागि विभिन्न सापटी सुविधाहरु प्रदान गरिरहेको छ भने मुनाफा रकमबाट कोष खडा गरी विभिन्न किसिमका सामाजिक सुरक्षणका सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।
यसैगरी कोषले मुलुकको पूर्वाधार विकासको लागि विभिन्न जलविद्युत कम्पनीहरु माथिल्लो तामाकोशी, चिलिमे जलविद्युत कम्पनीद्धारा प्रबर्धित विभिन्न जलविद्युत आयोजनामा ऋण लगानी गरिरहेको छ भने नेपाल बायु सेवा निगमलाई विमान खरिद गर्न ऋण लगानी गरेको छ । यस्तै कोषले सञ्चयकर्ताको बहुमत शेयर स्वामित्व रहने गरी ६८८ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजना निर्माणको प्रारम्भिक प्रकृयाको शुरुवात गरेको छ ।

बुध, अशोज ३, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया