
काठमाडौं, असोज १ ।
नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यास आजबाट चीनको सिचुवान प्रान्तको छेन्दूमा सुरु हुँदैछ । आगामी असोज १२ गतेसम्म हुने अभ्यासमा सहभागी हुन महासेनानीको नेतृत्वमा १६ सदस्यीय विशेष फौजको टोली आजै छेन्दू जाँदै छ ।
बिम्स्टेक राष्ट्र्को संयुक्त सैन्य अभ्यासमा नेपालको सहभागितामा विवाद उत्पन्न भएपछि अन्तिम समयमा प्रधानमन्त्री केपी ओलीले सेनालाई सहभागी हुनबाट रोक्नु भएको थियो । बिम्स्टेक सदस्य राष्ट्रको संयुक्त सैन्य अभ्यास भदौ २५–३१ सम्म भारतको पुणेमा भएको थियो।
प्राविधिक र आर्थिक सहायताका लागि बनेको संगठनमा सैन्य अभ्यासले प्रवेश पाउनु असान्दर्भिक भएको भन्दै आलोचना भएपछि प्रधानमन्त्री ओलीले अभ्यासमा सहभागी नहुन सेनालाई निर्देशन दिनुभएको थियो ।
नेपाली–चिनियाँ जनमुक्ति सेनाको संयुक्त सैन्य अभ्यासबारे जापान, कोरिया, भारत, अमेरिका र विभिन्न युरोपेली देशले असहजता प्रकट गरे पनि नेपाली सेनाले चीनसँगको संयुक्त सैन्य अभ्यास नियमित र सामान्य भएको बताउँदै आएको छ ।
अघिल्लो वर्ष नेपालमा भएको संयुक्त सैन्य अभ्यासको दोस्रो संस्करण छेन्दूमा हुन लागेको हो । गत वर्ष वैशाखमा भएको अभ्यास यस पटक सरकार गठनमा भएको ढिलाइ र प्रधानमन्त्री ओलीको चीन भ्रमणले केही समय पछि धकेलिएको हो।
सैन्य अभ्यास प्रतिआतंकवाद युद्धकला र विपद् व्यवस्थापन लगायतमा नै केन्द्रित हुनेछ। नेपाली–चिनियाँ जनमुक्ति सेनाबीचको पहिलो संयुक्त सैन्य अभ्यासलाई ‘सगरमाथा फ्रेन्डसिप—२०१७’ नाम दिइएको थियो।
सोम, अशोज १, २०७५ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य प्रमुख खबर समाचार



Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

रूद्र खड्का/ललितपुर, फागुन ७ । सन् २०१८ का मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ५

काठमाडाैं, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टीले माघ १ गतेदेखि सुरु गरेको संगठन सुदृणिकरण तथा

२०५२ फागुन १ गते तत्कालिन नेकपा माओवादीले जनताका नाममा अपिल जारी गर्दै ‘जनयुद्ध’को घोषणा

काठमाडौ, १ फागुन । नेपालमा दस वर्षे जनयुद्ध भएको आज २३ वर्ष पूरा गरी २४