अबदेखि फेसबुक, ट्वीटरको विज्ञापनमा पनि कर ! संसदीय समितिले दियो यस्तो निर्देशन


काठमाडौ, ४ भदौ ।
अबदेखि सामाजिक सञ्जाल फेसबुक, ट्वीटर लगायतमा हुने विज्ञापनमा पनि कर लाग्ने भएको छ । संसदीय विकास समितिको आज बसेको बैठकले फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन भन्दै यस्तो निर्देशन दिएको हो ।

बैठकले समाजिक सञ्जालमा विज्ञापन वापत ठूलो रकम बाहिरिएको भन्दै नियमन गर्न सञ्चार र अर्थमन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकले फोरजी कभरेज विस्तार, टेलिकममा सुधार, अब्टिकल फाइवरको सञ्जाल विस्तारमा देखा परेका समस्या लगायतका लागि भइरहेको कामको विवरण १५ दिन भित्र समितिलाई उपलब्ध गराउन सञ्चार मन्त्रायललाई भनेको छ ।

सोम, भदौ ४, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विजनेस समाचार

Like us On Facebook

Follow Us On Twitter