पूर्व राजदूत केशवराज झाको छुरी प्रहार गरी हत्या


काठमाडौं, भदौ ४ ।
फ्रान्सका लागि नेपालका पूर्व राजदूत ८० वर्षीय केशवराज झाको काठमाडौंको थापाथली स्थित आफ्नै निवासमा छुरी प्रहार गरी हत्या भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाका अनुसार उहाँलाई बिहान घर भित्र मृत अवस्थामा फेला पारिएको हो । डिएसपी थापाका अनुसार उहााको टाउकोमा छुरी प्रहार भएको चोट देखिएको छ ।

उहाँको शवलाई पोष्टमार्टमका लागि टिचिङ अस्पताल लाने तयारी भइरहेको छ । सिंहदरबार वृतका प्रमुख डिएसपी काजीकुमार आचार्यका अनुसार घटनाबारे बिहान साढे ६ बजे परिवारले थाह पाए पछि प्रहरीलाई खबर गरेका थिए ।

थप अनुसन्धानका लागि घटनास्थलमा महानगरीय प्रहरी अपराध महाशाखाको टोली पनि पुगेको छ । परराष्ट्र मन्त्रालयमा शिष्टाचार महापाल रहेर काम गरेका झा फ्रान्सको राजदूत भएसँगै सहसचिव पदबाट सेवा निवृत्त हुनु भएको थियो ।

सोम, भदौ ४, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया