चीनबाट आयात गर्न लागेका अर्बौंका सामग्री रसुवागढी नाकामा रोकियो, यस्तो छ कारण


रसुवा, भदौ ४।
वर्षाले राजमार्ग तथा पुलमा क्षति पुर्याएपछि व्यापारीले चीनबाट आयात गर्न लागेका अर्बौंका सामग्री रसुवागढी नाकामा रोकिएका छन् ।

एकता व्यापार संघ नेपाल महाबौद्धका अध्यक्ष टपेन्द्रप्रसाद तिमल्सिनाका अनुसार चाडपर्वलाई लक्षित गरेर चीनबाट मगाइएको सामान बाटोमा रोकिएको हो ।

रेडीमेड कपडा, जुत्ता–चप्पल, इलेक्ट्रिक उपकरण, स्याउ लसुन, अदुवा लगायतका अबौँ रुपैयाँका सामग्री केरुङ आइसकेको र सडक अवरुद्ध भएपछि ढुवानी गर्न नपाउँदा एक हजार टिप भन्दा बढी सामग्री बिच बाटोमा रोकिएको हो ।

संघले गत ११ गतेबाटै ढुवानीमा समस्या आएको भन्दै नुवाकोट तथा रसुवाखण्डका राजमार्ग छिटो सञ्चालनमा ल्याउन सम्बद्ध पक्षसँग आग्रह गरेको छ ।

धुन्चे भार्खुबीच त्रिशूली नदीको दुई स्थान र रसुवागढी नजिकको पहिरोले क्षति पुर्याएको सडक मर्मतका लागि नेपाली सेनालाई जिम्मा दिइसकेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपाली सेनाको प्राविधिक निर्देशनालयबाट खटिएका विशेष टोलीले आज बिहानबाटै स्थलगत अध्ययन गरी छिटो काम शुरु गर्नेछ ।

सोम, भदौ ४, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विजनेस समाचार

Like us On Facebook

Follow Us On Twitter