घाईते प्रहरीलाई काठमाण्डौ ल्याईदैँ, प्रहरी प्रवत्ता भन्छन्- जुम्लामा गोली चलेको छैन


काठमाण्डौ, ३ साउन ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको झडपका क्रममा गम्भीर घाइते भएका प्रहरी जवान कमल उपाध्यायलाई थप उपचारका लागि काठमाण्डौ ल्याउन लागिएको छ ।

त्यसका लागि नेपाली सेनाको हेलिकोप्टर जुम्ला गएको छ । दाहिने छातीमा गोली लागेर गम्भीर अवस्थामा प्रतिष्ठानमै उपचाररत उपाध्यायको अवस्था गम्भीर बनेपछि काठमाडौँ ल्याउन लागिएको हो ।

प्रतिष्ठानको हातामा २० दिनदेखि अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीलाई काठमाडौँ लैजान सुरक्षाकर्मीले हस्तक्षेप गरेपछि भएको झडपका क्रममा चलेको गोली उपाध्यायको छातीमा लागेको बताईएको थियो ।

गोली लागेपछि प्रतिष्ठानकै चिकित्सकले उनको अप्रेशन थालेका थिए । उपाध्यायको उपचारका लागि स्थानीय पत्रकार, विद्यार्थी र सर्वसाधरणले रक्तदान पनि गरेका थिए । तर, उनको अवस्था जटिल बन्दै गएपछि काठमाडौँ ल्याउन सेनाको हेलिकोप्टर आएको हो ।

यता प्रहरी प्रवत्ता शैलेस थापा क्षत्रीले भने प्रहरी जवान उपाध्ययलाई गोली नलागेको दाबी गर्नुभएको छ ।
प्रहरी प्रवत्ता थापाले गोली नचलेको दाबी गर्दै गलत हल्ला फैलाईएको बताउनु भयो ।

मिर्मिरेसँग कुरा गर्दै उहाँले भन्नुभयो, प्रहरीले गोली चलाएको छैन, झडपका क्रममा अस्पतालका सिसा र चिर्पट प्रहार बाट प्रहरी जवान घाईते भएका हन् । गोली चलेको हल्ला मात्र हो ।

झडपका क्रममा अस्पतालको सिसा प्रहारबाट प्रहरी जवान घाईते भएको उहाँको दाबी छ ।

प्रवक्ता क्षत्रीले आजै बज्ञिप्ती समेत निकालेर गोली चलेको हल्लामा सत्यता नभएके प्रष्ठ पार्नुभएके छ ।
हेर्नुहोस् बिज्ञप्ती

बिहि, साउन ३, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया