२४ घण्टा नबित्दैँ फेरियो बोली, अमेरिकी राष्ट्रपतिय निर्वाचनमा रुसी हस्तक्षेप भएको ट्रम्पको स्वीकारोक्ती


एजेन्सी, साउन २ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले २ वर्षअघि भएको राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने अमेरिकी गुप्तचर निकायको निष्कर्ष स्वीकार्नु भएको छ ।

फिनल्याण्डको हेलसिन्किमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग गत सोमबार भएको भेटका क्रममा चुनावी हस्तक्षेपको बचाउ गरेका ट्रम्पले २४ घण्टापनि नपुग्दै आफ्नो भनाई परिवर्तन गर्नुभएको हो ।

पुटिनसँगको भेटमा दिएका अभिव्यक्ति सम्वन्धमा स्पष्टिकरण दिन ट्रम्पलाई अमेरिकी नेता, उहाँकै साझेदार लगायत मित्र राष्ट्रहरुले समेत चर्को दवाव दिएपछि ट्रम्पले आफ्ना शब्दको गलत व्याख्या भएको स्पष्टिकरण दिनुभएको हो ।

राष्ट्रपति ट्रम्पले अमेरिकी गुप्तचर एजेन्सीमाथि आफ्नो पूर्ण विश्वास रहेको बताउनुभएको छ । पुटीनसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा निर्वाचनमा भएको भनिएको हस्तक्षेप सम्बन्धमा राष्ट्रपति पुटिनले ट्रम्पलाई सोधेको एउटा प्रश्नमा उहाँले रुसले हस्तक्षेप गर्नुपर्ने कारण आफूले नदेखेको भन्दै बचाउ गर्नुभएको थियो ।

तर सोही अभिव्यक्तिलाई लिएर विवाद सुरु भएपछि ट्रम्पले आफ्नो भनाई परिवर्नन गर्नुभएको हो ।

बुध, साउन २, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया