
काठमाण्डौ । एनएमबी बैंक लिमीटेडले जेठ ३० गतेदेखि निश्कासन गरेको एफपीओमा सर्वसाधारण तथा संस्थागत लगानीकर्ताले आवेदन दिने अन्तिम दिन बिहिवार (आज) सकिँदैछ ।
आज कार्यालय समयभित्रसम्म पनि एफपीओ सबै बिक्री नभए भोलि असार २९ देखि बैंकका संस्थापक, संचालक तथा तिनका परिवारका सदस्यका लागि निश्कासन खुल्ला गरिनेछ । पहिलो चार दिन सर्वसाधारणका लागि मात्र बिक्री खुलाइएकोमा सबैका लागि आवेदन नपरेपछि संस्थागत लगानीकर्ताका लागि समेत खुल्ला गरिएको थियो ।
बैंकले बिहीबार एक सूचना प्रकाशित गर्दै असार २९ देखि ३२ गतेसम्म बैंकका संस्थापक, संचालक तथा तिनका परिवारले एफपीओ खरीदका लागि आवेदन दिन पाइने प्रष्ट्याएको हो ।
एनएमबी बैंकले निश्कासन गरेको ३ अर्ब ८० करोड मूल्यको एफपीओमा बुधबारसम्म २ अर्ब ७६ करोड रुपैयाँ बराबरको आवेदन परिसकेको छ । देशभरबाट ६६ हजार ३ सय आवेदकले एफपीओ खरीदका लागि आवेदन दिएका छन् ।
बिक्री प्रबन्धक नागरिक लगानीकोषका अनुसार प्रिमियमसहित प्रतिकित्ता ३३३ रुपैयाँमा निश्कासन भएको १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्तामाध्ये ८८ लाख ८८ हजार कित्ता खरीदका लागि आवेदन परिसकेको छ ।
एनएमबी बैंकको संचालक समितिले असार २६ गते मात्रै आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने घोषणा गरिसकेको छ । बोनस सेयर एफपीओ भर्नेले समेत पाउने भएकोले पनि अन्तिम अवस्थामा बैंकको एफपीओमा ह्वात्तै आकर्षण बढेको छ । प्रतिकित्ता ३३३ रुपैयाँको एफपीओमा लगानी गर्न चाहनेलाई तत्काल कुनै घाटा देखिन्न । मौद्रिक नीति पनि बजारमैत्री नै आएकोले दोश्रो बजारमा भोलिका दिनमा वाणिज्य बैंकहरुको मूल्य बढ्ने भएकोले एनएमबी बैंकको एफपीओ खरीद गर्नुमै लगानीकर्ताको हित देखिन्छ ।
बिहि, असार २८, २०७५ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य विजनेस समाचार

Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

रूद्र खड्का/ललितपुर, फागुन ७ । सन् २०१८ का मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ५

काठमाडाैं, ४ फागुन । नेपाल कम्युनिष्ट पार्टीले माघ १ गतेदेखि सुरु गरेको संगठन सुदृणिकरण तथा

२०५२ फागुन १ गते तत्कालिन नेकपा माओवादीले जनताका नाममा अपिल जारी गर्दै ‘जनयुद्ध’को घोषणा

काठमाडौ, १ फागुन । नेपालमा दस वर्षे जनयुद्ध भएको आज २३ वर्ष पूरा गरी २४