कांग्रेस जिल्ला सभापति भेलामा धारणा राख्ने क्रम सुरु, ८ केन्द्रिय सदस्यले बुझाए यस्तो माग पत्र


हेटौडा, असार ६ ।
हेटौडामा जारी नेपाली कंग्रेसको जिल्ला सभापतिको भेलामा आजबाट बन्दसत्र सुरु भएको छ । पल्पसा सभाहलमा जारी बन्द सत्रमा जिल्ला सभापतिहरुले बोल्ने क्रम शुरु भएको छ ।

धारणा राख्ने क्रम सकिए लगत्तै प्रदेशगत छलफल गरी सुझाव दिने कार्यक्रम रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

भेलामा ७७ वटै जिल्लाका जिल्ला सभापतिहरुका साथै केन्द्रीय पदाधिकारी र सदस्य सहभागी छन् । संगठन निर्माण, संघीय व्यवस्थामा सांगठनिक संरचना र समसामायिक राजनीतिक विषयवस्तुमा कंग्रेसको भूमिकाबा बारे छलफल गर्न कंग्रेसले जिल्ला सभापतिहरुको भेला गरेको हो ।

भेलामा संस्थापन पक्ष महासमिति बैठक नयाँ संरचना अनुसारको अधिवेशन लगायतका विषय उठाउने तयारी गरेका छन् भने संस्थापन पक्ष तत्काल जिम्मेवारी तोकेर अघि बढ्ने पक्षमा देखिएका छन् ।

यसैबीच, कांग्रेसका ८ केन्द्रीय सदस्यले जिल्ला सभापतिहरुलाई पत्र लेखि नयाँ संरचना अनुसार तत्काल अधिवेशन गरी नेतृत्व चयनको विषयमा छलफल गराउन आग्रह गरेका छन् ।

केन्द्रीय सदस्य चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, जीवन परियार, गुरुराज घिमिरे, प्रदिप पौडेल, रामकृष्ण यादव र किरण यादवले जिल्ला सभापतिहरुलाई पत्र लेख्दै महासमिति मार्फत अधिवेशनको मिति तोक्न माग गरेका हुन् ।

स्थानीय, संघीय र प्रादेशिक निर्वाचन हुन २ वर्ष अघि नै पार्टी अधिवेशन सम्पन्न भइसक्ने परिपाटी निरन्तर रहने भन्दै अधिवेशनको मिति तोक्न माग गरेका हुन् ।

उनीहरुले बुझाएके पत्रमापार्टीलाई तत्काल संघीय संरचनामा लगेर वडा, पालिका, प्रदेश र संघ सबै तहमा सबल सरकार वा छायाँ सरकारको भूमिका खेल्न सक्ने नेतृत्व स्थापित गर्नु आवश्यक रहेको औल्याएका छन् ।

जिल्ला सभापतिहरुलाई छुट्टाछुट्टै बुझाईएको पत्रमा उनीहरुले भेलामा सो विषय उठाउन समेत आग्रह गरेका छन् ।

बुध, असार ६, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter