साविक विजेता जर्मनी पहिलाे खेलमै मेक्सिकाेसँग पराजित


३ असार, काठमाडौं । साविक विजेता जर्मनी यसवर्षको विश्वकप फुटवलको पहिलो खेलमा नै मेक्सिकोसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा  जर्मनीले मेक्सिकोलाइ १-० ले पराजित गर्याे ।

मेक्सिकोलाई जिताउन खेलको ३५ औं मिनेटमा हिरभिङ लोजानोले गोल गरे ।

बलमा ६७ प्रतिशत नियन्त्रण राखेको जर्मनीले गोल गर्ने धेरै अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । जर्मनीले मेक्सिकोविरुद्ध २६ वटा सट प्रहार गरेको थियो । तीमध्ये ९ वटा गोलपोस्टकै दिशामा थिए । तर मेक्सिकोका गोलकिपर ओचावाले गोल हुनबाट जोगाएका थिए ।

जर्मनीले पहिलो हाफमाा भन्दा दोस्रो हामा गोलका धेरै अवसरहरु सिर्जना गर्‍यो । तर गोल गर्नबाट भने चुक्यो । मेक्सिकोले पनि गोलका केही राम्रा अवसरहरु सिर्जना गरेको थियो । यद्यपि उसले पनि गोल थप्न सकेन ।

आइत, असार ३, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया