भारत श्रीनगरमा वरिष्ठ पत्रकार शुजात बुखारीकाे गोली हानि हत्या, यस्ताे थियाे उनकाे अन्तिम ट्वीट


काठमाडाैं, ३१ जेठ ।

भारतका वरिष्ठ पत्रकार शुजात बुखारी काे गोली हत्या गरिएकाे छ । जम्मू-कश्मीरकाे राजधानी श्रीनगरमा बिहिवार राइजिंग कश्मीरका सम्पादक ४८ बर्षय बुखारी काे गोली हत्या गरिएकाे हाे ।

प्रहरी अधिकारीले दिएकाे जानकारी अनुसार बुखारी श्रीनगरकाे लाल चौक सिटी सेन्टर स्थित अाफ्नाे अफिस प्रेस इनक्लेवबाट निस्केर पार्टी मा जादै गरेकेा अवस्थामा अज्ञात समुहले गाेली प्रहार गरि हत्या गरेकेा हाे ।

जम्मू-कश्मीरका डीजीपी एसपी वैदले बताएअनुसार मोटरसाइकलमा सवार अाक्रमणकारीले साझ ७ बजेर १५ मिनेटमा गाेली प्रहार गरेका थिए ।उक्त अाक्रमणमा पत्रकार बुखारी सहित उनका साथमा रहेका उनका पीएसओ काे पनि मृत्यु भएकाे छ । अर्का एक ब्याक्ति घाइते भएका छन् ।

जम्मू-कश्मीरका मुख्यमंत्री महबूबा मुफ़्तीले शुजात बुखारीकाे हत्याप्रति दुख ब्यक्त गरेका छन ।

महबूबा मुफ़्तीले ट्वीट गर्दै  लेखेका छन्, ”शुजात बुखारीकाे हत्या आतंकवादकाे जघन्य कार्य हाे ।

,शुजात बुखारी माथि 2000 मा पनि हमला भएकाले साेहि बेला देखि पुलिस सुरक्षा पाएका थिए ।  कश्मीरमा शांति बहाल गर्न का लागि बुखारी लामाे समयदेखि सक्रिय थिए ।

बुखारीले अाफ्नाे अन्तिम ट्वीटमा लेखेका थिए, ”कश्मीरमा अाफुले गर्व का साथ पत्रकारिता गरेकाे र अब पनि निरन्तर उक्त क्षेत्रमा जे भइरहेकेा छ त्याे बाहिर ल्याउने छु ।

बुखारी राइजिंग कश्मीर काे सम्पादक  बन्नुभन्दा पहिले १९९७  देखि २०१२ मा कश्मीर मा ‘द हिन्दू’ अख़बारकाे संवाददाता थिए ।

बिहि, असार ३, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया