एनजीओका पदाधिकारीको सम्पत्ति विवरण पठाउन जिल्ला प्रशासनलाई गृहको निर्देशन: विवरण गोप्य शिलबन्दी गरेर लिनु पर्ने 


३१ जेठ, काठमाडौं । सरकारले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाका पदाधिकारीहरुको सम्पत्ति विवरण माग्न सुरु गरेको छ ।

गृह मन्त्रालयले बिहीबार ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई त्यहाँ रहेका एनजीओ र आईएनजीओका पदाधिकारीको सम्पत्ति विवरण माग्न निर्देशन दिएको हो ।

संकलन गरिएको विवरण गोप्य शिलबन्दी गरेर लिनु पर्ने पत्रमा उल्लेख गरिएको पनि जनाइएकाे छ । हाललाई एनजीओ र आईएनजीओमा कार्यरत् कर्मचारीहरुको सम्पत्ति विवरण भने पेश गर्नु पर्ने छैन ।

यसअघि गत २४ जेठमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाबीच भएको बैठकले एनजिओ र आईएनजिओको गतिविधि निगरानी नहुँदा विकृति बढ्दै गएको निष्कर्षसहित यसको नियमन गर्ने निर्णय गरेको थियो ।

बिहि, असार ३, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार