अखिल नेपाल शिक्षक संगठनका महासचिव सहित १० जना गिरफ्तार


काठमाडौं बैशाख ४ ।
केपी ओली सरकारले आफ्नै विद्यालयमा कार्यरत शिक्षकहरुलाई दमन गर्न थालेको छ । श्रमविभागमा दर्ता भई शैक्षिक र पेशागत सुदृढिकरणमा लागि परेको अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय पदाधिकारीहरुलाई आज धरानस्थित हरियाली सामुदायिक वनको गेस्ट हाउसबाट पुलिस प्रशासनले गिरफ्तार गरेको छ ।

अखिल नेपाल शिक्षक संगठनको क्षेत्र नम्बर १ को बैठकमा गएका केन्द्रीय उपाध्यक्षहरु लक्षीराम ढकाल, गणेश लिम्वु, महासचिव रमेश रुपाखेती, केन्द्रीय सदस्य युवराज गौतम लगायतका १० जनालाई गिरफ्तार गरेको छ ।

यस्तै अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष घनश्याम पाठकले उक्त गिरफ्तारीको विरोध गर्दै विज्ञप्ती निकाल्नु भएको छ ।

विज्ञप्तीमा उहाँले भन्नु भएको छ, शान्तिपूर्ण तरिकाले संगठनको बैठकका लागि गैरहेका बखत शिक्षक नेताहरुलाई गरेको गिरफ्तारको हाम्रो संगठन विरोध गर्दछ भनिएको छ । यसै गरी नेपालका अन्य शिक्षक संगठनहरुले पनि विरोध गरेका छन् ।

यसैबिच नेपाल कम्युनिष्ट पार्टी दाङ जिल्ला सदस्य विकाश र जनक्रान्तिका घाईते योद्धा परीवारका केन्द्रिय सदस्य तथा पार्टि सदस्य ईस्वरी पाण्डेलाई प्रहरीले गिरफतार गरेको छ ।

विनाकारण दलाल सरकारले आफना नेता तथा कार्यकर्ता माथिको धरपकड तिब्र पारेको प्रति नेकपाले आपतिm जनाएको छ ।

यसैबिच नेपाल कम्युनिष्ट पार्टीका दाङ जिल्ला सेक्त्रेटरी विक्रम ले बिज्ञप्ति जारी गर्दै आफना गिरफतार नेता कार्यकताई को तत्काल बिनाशर्त रिहाइको माग गर्नुभएको छ ।

साथै गिरफतार गरीएका कार्यकर्तालाई तत्काल रिहाई नगरीए बिरोधका कार्यक्रम गर्न आफनो पार्टी बाध्य हुने बिज्ञप्ति मार्फत उल्लेख गरीएको छ । साथै यस्को जिम्मेवार स्वयम दलाल सरकार हुनुपर्ने बताउनु भएको छ ।
यस्तै दलित मुक्ति मोर्चाका केन्द्रीय सचिव जितेन्द्र महरा महावीर)सहित ३ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

महावीरलाई विराटाटनगरबाट मोटरसाइकिल सहित गिरफ्तार गरेको छ भने योङ रेड फोर्स, नेपालका संखुवासभा अध्यक्ष ङिमा शेर्पा, युवा सदस्य अविशेक मोक्तानलाई फुंलिङबजारबाट गिरफ्तार गरेको हो । शिक्षक संगठनका उदयपुरका अध्यक्ष युवराज कार्कीलाई गाइघाटबाट गिरफ्तार गरेको छ ।

मङ्ल, बैशाख ४, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार