एमाले र माओवादीबीच वैशाख ९ गते एकता नहुनेः थप छलफल आवश्यक रहेको निश्कर्ष


काठमाडौं, वैशाख ४ ।
नेकपा एमाले र माओवादी केन्द्रिबीच आगामि बैशाख ९ गते एकता घोषणा नहुने भएको छ ।

वाम गठबन्धनको एकता संयोजन समितिले पार्टी एकताका लागि थप छलफल आवश्यक रहेको निश्कर्ष निकालेको छ

बैठकले राजनीतिक तथा विधान र संगठनात्मक कार्यदलले तयार पारेको प्रतिवेदनलाई अन्तिम रुप दिने जिम्मेवारी २ शीर्ष नेतालाई दिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको समिति बैठकले ९ गतेको मितिमा पार्टी एकता नहुने निष्कर्ष निकालेको हो ।

कार्यदल सदस्य माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले छलफल सकारात्मक दिशामा अघि बढेको बताउँदै नेताहरुको कार्यब्यस्तता तथा विवादीत बिषयमा थप छलफल आवश्यक रहेकोले कम्युनिष्ट पार्टी स्थापनाको अवसर पारेर गर्ने भनिएको एकता पछि धकेलिएको जानकारी दिनुभयो ।

कार्यदलको प्रतिवेदनलाई दुई शीर्ष नेताले अन्तिम रुप दिएपछि संयोजन समितिको बैठक बसी एकताको मिति घोषणा गर्ने नेता श्रेष्ठले जानकारी दिनुभयो । आजको बैठकमा विवाद देखिएका बिषयमा छलफल भएपनि ठोस सहमति भने बन्न सकेन ।

एकीकृत पार्टीमा रहने केन्द्रीय समितिको संख्या, निर्वाचन चिन्ह तथा पार्टीको विधानमा जनयुद्ध शब्द राख्ने नराख्ने भन्ने बिषयमा पछिल्लो समय दुई दलबीच विवाद देखिदै आएको छ ।

आजको बैठकमा मुख्य रुपमा कार्यदलले तयार पारेको प्रतिवेदनमै केन्द्रित रहेर छलफल भएकाले विवादित बिषयमा छलफल नै हुन नसकेको नेताहरुले बताएका छन् ।

मङ्ल, बैशाख ४, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter