चौरजहारीमा जीप दुर्घटना, मेयरसहित ७ जना घाइते


४ बैशाख, काठमाडौं ।
पश्चिम रुकुमको चौरजहारी नगरपालिका(४ मेलैनाउलीमा आज जीप दुर्घटना भएको छ । विद्यार्थीहरुलाई पोशाक वितरणका लागि चौरजहारी (५ मा रहेको विद्यालयतर्फ जाँदै गरेको नगरपालिकाको टोली दुर्घटनामा परेको हो ।

दुर्घटनामा चौरजहारी नगरपालिकाका मेयर विशाल शर्मा लगायत ७ जना घाइते भएका छन् । वडा नं. ३ का लोकेन्द्र परियार, वडा नं. २ की पार्वती न्यौपाने, वडा नं. ३ का तेजबहादुर बटाला र ५ का भरत भरत शर्माघाइते भएका छन् । अन्य दुई जनाको नाम खुलेको छैन् ।

घाइतेहरु खतरामुक्त रहेको अस्पतालले जनाएको छ । उनीहरुको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ ।

मङ्ल, बैशाख ४, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया