नेकपाको बन्दका कारण पूर्वी नेपाल ठप्प,बन्द अबज्ञा गर्ने गाडिमाथि तोडफोड र आगजनी


काठमाडौं, बैशाख ४ ।
नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण पूर्वी नेपालको जनजीवन प्रभावित भएको छ ।

विहानी सेवामा चल्ने लामो तथा छोटो दूरिका सवारी साधनहरु सञ्चालनमा आउन सकेका छैनन् भने बजार पसल तथा शिक्षण संस्था ठप्प छन् ।

नेता किरण राई सहित ८ नेताहरुलाई गिरफ्तारी गरी झुटा मुद्धा लगाएको भन्दै त्यसको विरोध स्वरुप नेकपाले आज पूर्वी नेपालको पाँच वटा जिल्ला बन्दको आह्वान गरेको हो ।

उनीहरु माथि लगाइएको मुद्धा खारेजीका साथै उनीहरुलाई बिना शर्त तत्काल रिहाइ गर्न समेत नेकपाले माग गरेका छन् । यसैबीच बन्दको अवज्ञा गरेको भन्दै बन्द कर्ताले विभिन्न स्थानमा यातायातका साधनमा आगजनी गर्नुका साथै तोडफोड गरेका छन् ।

आज विहानै काठमाडौंबाट काकरभिट्टा जाँदै गरेको याुत्रवाहाक रात्री बसलाई पूर्वपश्चिम राजमार्गको काने पोखरीमा आगजनी गरेका छन् । यस्तै सुन्दरहरैचामा पनि एउटा मिनि ट्रक र अर्काे ट्रिफारमा आगजनी भएको छ भने मोरङको बेलबारीमा २ वटा ट्रकमा आगजानी भएको छ ।

उता उर्लाबारीस्थित राजमार्गमा भने बन्दकर्ताले टायर बालेर राजमार्ग अवरुद्ध पारेका छन् । पूर्व पश्चिम राजर्मागस्तिथ सुनसरी र मोरङको सिमानामा पर्ने बुढी खोलाको पुलमा बम भेटेपछि उक्त सडक अवरुद्ध भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले शान्तिपूर्ण कार्यक्रम गर्न समेत रोक लगाएर धरपकड र गिरफ्तारी बढाएको भन्दै नेकपाले चरणबद्ध रुपमा विरोधका कार्यक्रम घोषणा गरेको हो ।

नेकपाले पूर्व घोषित कार्यक्रम अनुसार नै आज पूर्वी नेपालका जनकपुर, सगरमाथा, कोशी र मेची बन्द गरेको हो । यसैबीच धरानबाट अखिल नेपाल शिक्षक संगठनको १० जना शिक्षकलाई आज विहान प्रहरीले गिरफ्तार गरेको छ ।
हरियाली सामुदायिक वनको सभाहलमा बैठक बसिरहेका सयम उनीहरुलाई गिरफ्तार गरेको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको डिएसपी रामेश्वर पौडेलले जानकारी दिनुभयो ।

मङ्ल, बैशाख ४, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter