कांग्रेसले निर्वाचनमा अन्तर्घात गर्ने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने


हेटौँडा, ३ वैसाख । 

नेपाली कांग्रेसका सभापति शेरबवहादुर देउवाले प्रतिनिधिसभाको निर्वाचनमा अन्तर्घात गर्ने नेता तथा कार्यकर्तालाई कडा कारवाही गरिने बताउनुभएको छ ।

नेपाल तरुण दलको आयोजनामा आजदेखि शुरु भएको दुईदिने प्रदेश नं ३ स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले टिकट नपाएकाहरुले पार्टीका आधिकारिक उम्मेदवारमाथि अन्तर्घात गरेकाले उनीहरुलाई कारबाही गरिछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । तरुण दललाई अनुशासित र जिम्मेवार बनाउनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निर्वाचनमा एकीकृत भई चुनाव लडेकाले पार्टीले पराजय बेहोर्नुपरेको बताउनुभयो । फरक प्रसंगमा सभापति देउवाले प्रधानमन्त्री ओलीको राष्ट्रवाद भारत पुगेपछि लम्पसारवादमा रुपान्तरण हुन पुगेको आरोप लगाउनुभयो ।

सो अवसरमा कांग्रेसका केन्द्रीय सदस्य डा रामशरण महत, डा प्रकाशशरण महत, बालकृष्ण खाँण, रामकृष्ण यादव र महेन्द्र यादवले मुलुकमा निजी क्षेत्रका लगानीकर्तालाई उद्योग स्थापना गर्न वर्तमान सरकारले विभेद गर्न नहुने बताउनुभयो ।

प्रशिक्षणमा ३ नं प्रदेशका तरुण दलका अध्यक्ष, क्षेत्रीय अध्यक्ष र केन्द्रीय पार्षद गरी ३२५ प्रतिनिधिको सहभागिता भएको तरुण दल अध्यक्ष जीतजंग बस्नेतले बताउनुभयो ।

सोम, बैशाख ३, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार