काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक वैशाख ७ गते बस्ने


 

काठमाडौँ, ३ वैशाख।

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख ७ गते बस्ने भएको छ ।

चैत ९ गतेदेखि सुरु भएको बैठक पार्टीका नेता खुमबहादुर खड्काको निधनका कारण केही दिनका लागि स्थगन भएको थियो ।

वैशाख ७ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बैठक बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

सोम, बैशाख ३, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार