रमपम उदयपुर गोल्डकप फुटबलको पाँचौ संस्करण बैशाख २२ बाट सुरु हुने


उदयपुर, वैशाख ३ ।

रमपम उदयपुर गोल्डकप फुटबलको पाँचौ संस्करण आगामि बैशाख २२ देखि गाइघाटमा हुने भएको छ ।

गोल्डकप मुल आयोजक समितिले आज पत्रकार सम्मेलन गरी पाँचौ संस्करणका सबै खेल गाइघाटको थरुहट रंगशालामा हुने जानकारी दिएको हो ।

प्रतियोगितामा लक्ष्मी हुण्डाइ मनाङ मस्र्याङ्दी, संकटा क्लव, लाली रुपन्देही ११, नेपाल आर्मी, नेपाल पुलिस, रुस्लान थ्रीस्टार, रमपम झापा ११, मोरङ ११, सुनसरी ११ र उदयपुर ११ को सहभागिता रहने छ ।

यस्तै, पाँचौ संस्करणमा पुरस्कार राशि वृद्धि गरिएको जानकारी गराएको छ ।

प्रतियोगिता संयोजक किरण राईका अनुसार पुरस्कार राशिमा ३ लाख बृद्धि गरी ५ लाख र्पुयाइएको छ । त्यस्तै उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

चौथो उदयपुर गोल्डकपको उपाधि रुपन्देही ११ ले जितेको थियो ।

सोम, बैशाख ३, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया